• होमपेज
  • रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण

रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण

रेडक्रसद्वारा तेइस लाखको सामग्री हस्तान्तरण

विपद् प्रतिकार्यका लागि जिल्ला रेडक्रस बर्दियाले रु २३ लाख बराबरको सामग्री जिल्ला दैवीप्रकोप उद्वार समितिलाई हस्तान्तरण गरेको छ ।
जिल्ला दैवीप्रकोप उद्वार समितिको बैठकमा रेडक्रस बर्दियाका सभापति कृष्णप्रसाद गौतमले समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई सो सामग्री हस्तान्तरण गर्नुभयो ।
बर्दियामा बाढीका बेला उद्वारका लागि रबड बोटको अभाव देखेर दातृनिकायलाई अनुरोधपछि युरेपियन कमिसनको सहयोगमा डिपेको– ८ अन्तर्गत सामग्री प्राप्त भएको रेडक्रस बर्दियाका सभापति गौतमले बताउनुभयो ।
वितरण गरिएको सामग्रीमा रवड बोट, सामग्री भन्डारण गर्ने कन्टेनर, लाइफ ज्याकेट, मेघा फोन, क्याराबिनर, स्ट्रेचर, फायर एक्स्टिङगुसरलगायतका सामग्री रहेका छन् ।
बर्दिया जिल्ला बाढीले बर्सेनि प्रभावित हुने भएकाले सहयोग उपयोगी हुने प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
रेडक्रस बर्दियाका सभापति गौतमले दैवीप्रकोप उद्वार समितिले खोज तथा उद्वार सामग्रीको अभाव पहिचान गरेबमोजिमको सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो ।
दैवीप्रकोप उद्वार समितिको बैठकले बाढीको जोखिम कम गर्न बबई नदीको माथिल्लो तटीय क्षेत्र सल्यानको घुइँयाबारीमा गेज स्टेसन राख्नका लागि पहल गर्ने निर्णय गरेको छ । जसका लागि जनसङ्ख्या तथा वातावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कर्णाली बेँसिन कार्यालयलाई थारु महिला उत्थान केन्द्रको अनुकुलन परियोजनाका आर्थिक सहयोगमा निमार्ण गर्नेसमेत निर्णय गरेको छ । निमार्णपछि बाढीको सतहको पूर्व–सूचना हाल भएको व्यवस्था भन्दा तीन घन्टा पहिलेनै प्राप्त गर्नेसमेत जानकारी गराइएको थियो ।
त्यसैगरी रेडक्रस बर्दियाले ‘प्लान’ नेपालको सहयोगमा जिल्लाको राजापुर नगरपालिका, खैरीचन्दनपुर र सूर्यपटुवाको– ६ वटा विद्यालयमा बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरेको जानकारी गराएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका