सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुद्घिकरणको माग गर्दै पत्रकार महासंघ चितवनमा तालाबन्दी

सुद्घिकरणको माग गर्दै पत्रकार महासंघ चितवनमा तालाबन्दी

3380
Shares
सुद्घिकरणको माग गर्दै पत्रकार महासंघ चितवनमा तालाबन्दी

सदस्यता सुद्घिकरण लगाएतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको क्रान्तिकारी पत्रकार महासंघ चितवनले नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ । क्रान्तिकारी पत्रकारहरु महासंघ पुगी आज तालाबन्दी गरेका हुन् ।
महासंघ चितवनका अध्यक्ष सूर्य बरालले आफूहरुको माग बारे पत्रकार महासंघलाई जानकारी गराई सक्दा पनि माग सुनुवाई नभएकाले बाध्यभएर तालाबन्दी गर्नु परेको बताए । उनले नयाँ सदस्यता थप्दा क्रियाशिलतामा ध्यान नदिई आ–आफ्नो मान्छेलाई दिएको र गैर पत्रकारहरुलाई सदस्यता दिईएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेको बताए ।
उनले आफूहरुले महासंघमा टाँगेको कालो व्यानर रातीको समयामा च्यातेको र मागप्रति बेवास्ता गरिएकोले फागुन ५ गतेसम्मका लागि तालाबन्दी गरिएको जानकारी दिए । यस अवधिमा पनि आफूहरुको माग पुरा नभए थप अनिश्तिकालिन तालाबन्दी गरिने जानकारी दिए । प्रेस विज्ञप्तीको पूर्ण पाठ यस प्रकार छ ।
श्रमजिवी तथा क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी संस्था क्रान्तिकारी पत्रकार महासंघ वितगदेखि नै पत्रकारहरुको हकहित र जनपक्षिय पत्रकारिता गर्दै आईरहेको सर्वविदितै छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई हाम्रो संगठनले पनि महासंघको रुपमा मानिरहेकै छ ।
हामीले गत माघ १५ गतेको पे्रस विज्ञप्ती मार्फत हाम्रो महासंघको पहिलो चरणका संघर्षका कार्यक्रमहरु अन्तर्गत माघ २१ गते शुक्रबार ३ बजे नेपाल पत्रकार महासंघ चितवन शाखालाई ध्यानाकार्षण पत्र बुझाउने, माघ २३ गते आइतबार चितवन शाखा मार्फत महासंघ केन्द्रमा विरोधपत्र बुझाउने तथा माघ २५ गते महासंघको चितवन शाखा कार्यलय भरतपुरमा कालो झण्डा र ब्यानर टाग्ने कार्यक्रम गरि सक्दा समेत महासंघले वेवास्ता गरेकोमा हामी खेद व्यक्र गर्दछौं ।
हामीले टाँगेको ब्यानरलाई रातीको समयमा गलत नियत भएका केहि उदण्ड व्यक्तिहरुले च्यातेका छन् यस प्रति हाम्रो संगठन घोर भर्तसना गर्दछ । साथै हाम्रो संगठनको जिल्ला कार्यलयको बैठकले कार्यक्रमलाई केहि परिमार्जन गर्दै आज माघ २९ गते शनिबार देखि फागुन आगामी ०५ गते शुकबार सम्मको लागि महासंघ चितवनको कार्यलयमा तालाबन्दि गरिने जानकारी गराउँदछौं ।
त्यस्तै यस अवधि भर पनि हाम्रो माग उपर कुनै सुनुवाई नभएमा आगामी फागुा १५ गतेबाट अनिश्चितकालिन तालाबन्दि, अनसन लगायतका थप कार्यक्रम गरिने छ । साथै हामी वार्ता र संवादबाटै समस्या समाधान हो भन्ने चाहान्छौं त्यसको लागि चितवन महासंघले वार्ताको वातावरण बनाउनेमा हामी विश्वस्त छौं ।
त्यसको लागि महासंघले पेशामा क्रियाशीललाई मात्र सदस्यता र पेशा छोडिसकेका, विदेश गएका र निश्क्रियलाई छानविन गरी सदस्यता खारेज गरिनु पर्ने साथै गैर पत्रकारहरुको सदस्यता अविलम्ब खारेज गरिनु पर्ने प्रतिबद्धता गर्नु पर्दछ ।

3380
Shares

ट्रेन्डिङ