सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एजुकेसन कन्सलटेन्सीका नाममा ठगी र मानव तस्करी

एजुकेसन कन्सलटेन्सीका नाममा ठगी र मानव तस्करी

4395
Shares
एजुकेसन कन्सलटेन्सीका नाममा ठगी र मानव तस्करी

धिकांश शैक्षिक परामर्शदाता कम्पनी ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएका छन् ।
सन् २०१७ जनवरीमा शिक्षा मन्त्रालयमा एक हजार तीन सय ९३ वटा कम्पनीले व्यवसायिक रुपमा दर्ताका लागि आवेदन दिएका छन् । मन्त्रालयस्रोतले बिसाैं पराशर्मदाता दर्ताबिना नै संचालन भएको जनाएको छ ।
तिनीहरु ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएको बताइएको छ । ती कम्पनीहरुले सरकारलाई करसमेत बुझाएका छैनन् ।
एजुकेसन कन्सलटेन्सीज एसोसिएसन अफ नेपालका अनुसार नेपालमा करब दुई हजार पाँच सय शैक्षिक परामर्शदाता कम्पनी छन् ।
तीमध्ये तीन सय असी एसोसियसनसँग आवद्ध छन् भने सय फ्री एजुकेसन कन्सलटेन्सीज अर्गनाइजेसन अफ नेपालमा आवद्ध छन् । र २७ वटा इन्टरनेसनल एजुकेसन रेपि्रजेटिभ अफ नेपालमा आवद्ध छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

4395
Shares

ट्रेन्डिङ