सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • म्याग्दीका हिमाली भेगबाट बसाइँ सरे कस्तुरी मृग

म्याग्दीका हिमाली भेगबाट बसाइँ सरे कस्तुरी मृग

3930
Shares
म्याग्दीका हिमाली भेगबाट बसाइँ सरे कस्तुरी मृग

बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण यहाँको हिमाली भेगका कस्तुरी मृगले आफ्नो वासस्थान छोडेर अन्यत्र जान थालेका छन् ।
धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइनेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्तमात्रामा कस्तुरी मृगको वासस्थान रहदै आएको थियो ।
जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जाँदा अनुकूल वातावरण र वासस्थान तथा आहराको अभाव हुन थालेपछि चिसो र एकान्त वातावरणमा मन पराउने मृगले वासस्थान छोडेर जान थालेको बाबियाचौरस्थित इलाका वन कार्यालयका प्रमुख एवम् वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।
विश्वमै दुर्लभ मानिने ती मृग म्याग्दीबाट ढोरपाटन सिकार आरक्ष, डोल्पा, रुकुम र मुस्ताङका जङ्गलमा बसाइँ सर्न थालेको स्थानीयवासी बताउँछन् ।
मुदीको जङ्गलमा विगतमा देखिएका वन्यजन्तु अहिले आएर धवलागिरि आधार शिविर वरपर देखिन थालेका मुदीका इन्द्रबहादुर विकले बताउनुभयो ।
यसैगरी यहाँका जङ्गलमा केही वर्षअघिसम्म देखिने कस्तुरी मृगका अतिरिक्त झारल, मृग र घोरल पनि सो वन छोडेर अन्यत्र गएको स्थानीय बासिन्दाले बताएका छन् ।
अनुकूल वातावरण, उचित वासस्थान र आहाराको अभाव भएपछि वन्यजन्तुको प्रजनन प्रक्रियामा समेत समस्या देखिने भएकाले उच्च पहाडी क्षेत्रका वन्यजन्तुको अस्तित्व सङ्कटमा परेको वातावरणविद् सापकोटाले बताउनुभयो । रासस

3930
Shares

ट्रेन्डिङ