होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • फेसबुकबाटै यौन धन्दा सञ्चालन गर्ने पक्राऊ

फेसबुकबाटै यौन धन्दा सञ्चालन गर्ने पक्राऊ

फेसबुकबाटै यौन धन्दा सञ्चालन गर्ने पक्राऊ

विगत एक साता देखि मैतिदेवीकी कल्पना थापा (नाम परिर्वतन) लाई एउटा अपरिचित नंम्बरबाट लगातार फोन आउन थाल्यो । प्रया नेपाल बाहिरबाट आउने फोनमा यौन प्रस्ताव मात्रै राख्थ्यो । केहीलाई त आफू त्यस्तो युवती नभएको जावफ दिइन ।
तर, तारन्तार फोन आउन थालेपछि विवाहको तयारीमा रहेकी शर्मिला प्रहरी कहाँ पुगिन् । अपराध महाशाखामा उनले आफुलाई फोन गर्नेहरु विवरण टिपाइन् ।
उनकै उजरीका आधारमा फोन गरेर यौन धन्दाको लागि प्रस्ताव गर्ने मध्य एक सागर धिताल भएको खुलेको छ ।
महाशाखाकाका डीएसपी पशुपती रायका अनुसार धितालले शर्मिलालाई फोन गरेर कति लाग्छ तिर्न तयार छु भन्दै शारीरिक सम्वन्धका लागि प्रस्ताव गर्ने गरेका थिए ।
तर, धितालले आफूले पीडित युवतीको नम्बर एक अश्लिल नाममा खोलिएको फेसबुक पेजमा पाएको बताए । त्यसकै आधारमा पक्राउ परे सुरज बस्नेत, जसले फेसबुक पेजमार्फत यौन धन्दा चलाउन गरेको पाइएको छ ।
बस्नेतले खोलेको अश्लिल नामको एक फेसबुक पेजमा यौन सम्पर्कका लागि भन्दै युवतीहरुको फोन नम्बर राखेका थिए । उनले बनाएको फेसबुक पेजमा २३ जना युवती नम्बर भेटिएको छ, जसमा केही यौन व्यवसायी हुनसक्ने आशंका छ ।
डीएसपी रायका अनुसार पक्राउ परेका वस्नेत २ वर्ष अमेरिका बसेर फर्किएको पाइएको छ ।उनले अमेरिकामा पनि यस्तै काम गरेकोले नेपालमा पनि यही धन्दा चलाएको बयान दिएका छन् । उनले अश्लिल फेसबुक पेजमा युवतीहरुको सम्पर्क नम्बरदेखि नाम र ठेगाना समेर राखेर यौन व्यवसाय नै चलाउने हुनसक्ने आशंका अनुसन्धानमा खटएको प्रहरी अधिकारीको छ ।
एक सता अघि मात्रै अपराध महाशाखाको नेतृत्व सम्हाल्न आइपुगेका एसएसपी दिनेश अमात्यले साइबर अपराध आफनो मुख्य प्राथमिकतामा रहेको बताए ।

ट्रेन्डिङ