सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्ववियु निर्वाचन फागुन १४ मा

स्ववियु निर्वाचन फागुन १४ मा

3000
Shares
स्ववियु निर्वाचन फागुन १४ मा

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही आउँदो फाल्गुन १४ मा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता रहेको छलफल फाल्गुन १४ मै स्ववियू निर्वाचन गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण बन्छ, यसैले असहमतिलाई अन्त्य गरी निर्वाचन गरिनुपर्छ”–उहाँले भन्नुभयो ।
काँग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई ताला खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर पनि निर्वाचन प्रक्रिया सुरु गरिने बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिनुभयो ।

3000
Shares

ट्रेन्डिङ