सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राससको आयोजनामा पत्रकारको स्वास्थ्य परीक्षण

राससको आयोजनामा पत्रकारको स्वास्थ्य परीक्षण

7620
Shares
राससको आयोजनामा पत्रकारको स्वास्थ्य परीक्षण

राष्ट्रिय समाचार समिति (रासस) को ५६औँं वार्षिकोत्सवका अवसरमा आज चितवनमा पत्रकारका लागि ‘पूर्ण स्वास्थ्य परीक्षण’ कार्यक्रम सम्पन्न भएको छ ।  रासस र चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका १५० भन्दा बढी पत्रकारले स्वास्थ परीक्षण गराएका छन् ।
यही फागुन ७ गते राससले आफ्नो ५६औं वार्षिकोत्सव मनाउँदैछ । चितवनमा आज भएको उक्त कार्यक्रममा बोल्नुहुँदै राससका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारको स्वास्थ परीक्षणमा कलेजले गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।’
चितवन जिल्ला मेडिकल ‘हब’को रुपमा स्थापित भएको उहाँको भनाइ थियो । अध्यक्ष वाग्लेले ४०० भन्दा बढी श्यया रहेको यस अस्पतालले स्वास्थ्य सेवामा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले रासस र कलेजले पत्रकारका लागि स्वास्थ्य परीक्षण कार्यक्रम राख्नु सकारात्मक भएको बताउनुभयो । उहाँले अरुका लागि काम गर्ने पत्रकार स्वस्थ्य हुनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राध्यापक डा हरिश्चन्द्र न्यौपानेले रासससँग सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै हरेक मानिसले ६÷६ महिनामा स्वास्थ्य जाँच गराउनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमा नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपा९एमाले० का अरुण पीडित भण्डारी, नेकपा ९माओवादी केन्द्र० चितवनका अध्यक्ष यमबहादुर परियार, राप्रपा चितवनका अध्यक्ष बद्री तिमिल्सिनालगायत स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, चितवनका प्रहरी प्रमुख दीपक थापा, भरतपुर उपमहानगरका प्रमुख महेश बराल, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झालगायतको सहभागिता थियो ।
पत्रकारलाई उपचारमा २० प्रतिशत छुटको घोषणा
चितवन मेडिकल कलेजले उपचारमा पत्रकारका लागि २० प्रतिशत छुटको घोषणा गरेको छ । राससको ५६ औंँ वार्षिकोत्सवका अवसरमा आज चितवनमा भएको पूर्ण स्वास्थ्य परीक्षणका क्रममा कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेले यस्तो घोषणा गर्नुभएको हो ।
परिचयपत्रको आधारमा हरेक सेवामा पत्रकारलाई सो छुट सुविधा दिइने उहाँले जानकारी दिनुभयो । नेपाली चिकित्सकको लगानीमा खुलेको कलेज आइएसओबाट मान्यता प्राप्त एकमात्र मेडिकल कलेज भएको अस्पतालको भनाइ छ ।
यहाँ हाल एक हजार २०० कर्मचारी र दुई हजार २०० बढी विद्यार्थी छन् । वार्षिक कलेजले चार लाख १७ हजारलाई बहिरङ्ग सेवा दिँदै आएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयमा दर्ता भएको नेपालकै सबैभन्दा ठूलो अस्पताल बनेको यो कलेजमा सबैभन्दा बढी विशेषज्ञ चिकित्सक रहेको व्यवस्थापक पारस अधिकारीले जानकारी दिनुभयो ।
कलेजले सेवालाई चुस्त पार्न अत्याधुनिक उपकरणसहित विशेषज्ञ चिकित्सक राखेर सेवा प्रभावकारी बनाउँदै लगेको समेत उहाँको भनाइ छ ।

7620
Shares

ट्रेन्डिङ