सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौंमा ५ रुटमा रात्रीकालीन बस सेवा

काठमाडौंमा ५ रुटमा रात्रीकालीन बस सेवा

2805
Shares
काठमाडौंमा ५ रुटमा रात्रीकालीन बस सेवा

तिको समयमा यात्रुहरुलाई पर्ने गरेको अप्ठेरोलाई ध्यानमा राखेर रात्री बस सेवा सुरु गरिएको र सुरक्षाका लागि बसमा सिसी क्यामेराको निगरानी रहने यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । अस्पतालका कुरुवा, ढिलासम्म काममा रहने कामदार तथा बसपार्कमा राति आइपुग्ने यात्रुलाई लक्षित गरेर मंगलबार रातिदेखि ५ वटा रुटमा राति साढे ८ देखि ११ बजेसम्म रात्रीकालीन सेवा दिन सुरु गरेको हो ।
रुट १ अस्पतालका बिरामी र तिनका कुरुवालाई लक्षित गरेको छ । पाटन अस्पतालबाट छुट्ने बस त्रिपुरेश्वर आँखा अस्पताल हुँदै बीर अस्पताल, त्रिबि टिचिङ अस्पताल, गंगालाल हृदयरोग केन्द्र हुँदै न्युरो अस्पतालसम्म पुग्नेछ र सोही रुट भएर फर्किनेछ ।
रुट २  न्युरोडगेटबाट नयाँ बनेश्वर-कोटेश्वर रुटमा  साढे ११ बजेसम्म बस आउ-जाउ गर्नेछ ।
रुट ३ न्युरोडगेटबाटै सिंहदरबार-बानेशर, तीनकुने हुँदै एयरपोर्ट, गौशाला, चाबहिल हुँदै जोरपाटी पुग्नेछ र त्यही बाटो भएर फर्किनेछ ।
रुट ४  न्यरोडगेटबाटै त्रिपुरेश्वर-कालीमाटी-कलंकी रुटमा पनि राति ११ बसेजम्म सझाले सेवा दिनेछ । बायुसेवा निगम अगाडिबाटै ठमेल, सोह्रखुटे हुँदै नयाँ बसपार्कसम्म अर्को बस चल्नेछ ।
साझाको रात्रीकालीन बसको भाडाछर २५ रुपैयाँ तय गरिएको छ । जहाँबाट चढेर जहाँ झर्दा पनि २५ रुपैयाँ भाडा कायम गरिएको हो ।

2805
Shares

ट्रेन्डिङ