सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फेसबुकमा नेताको फोटो जोडेर हाले जेल हुने

फेसबुकमा नेताको फोटो जोडेर हाले जेल हुने

3105
Shares
फेसबुकमा नेताको फोटो जोडेर हाले जेल हुने

कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ ।
संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग जोडेर विकृत बनाउनुलाई अपराध मानिएको छ । यो कसुरमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजायँ हुने व्यवस्था विधेयकमा छ ।
कानुन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था थिएन । तर, उपसमितिले यो प्रावधान थप गरेको हो । उपसमिति संयोजक कृष्णभक्त पोखरेलले अनलाइनखबरसँग भने, यसलाई हामी भोलि ९शुक्रबार० अन्तिम रुप दिन्छौं ।’
पोखरेलका अनुसार नयाँ व्यवस्थालाई लिएर केही गुनासाहरु पनि आएका छन् । र, सम्भवतः भोलिको बैठकले जेल सजायँको अवधिका लागि केही घटाउन सक्नेछ ।
सांसद पोखरेलले भने, यो पहिलो प्रयास हो । तर, सोसल मिडिया मैत्री भएन भन्ने गुनासाहरु पनि आएकाले भोलि हामी २ वर्षे जेल सजायँलाई ५र६ महिनामा झार्नेबारे छलफल गर्छौं ।’

3105
Shares

ट्रेन्डिङ