सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कुमारी बैंकका सञ्चालकहरुको भित्री कथा

कुमारी बैंकका सञ्चालकहरुको भित्री कथा

3710
Shares
कुमारी बैंकका सञ्चालकहरुको भित्री कथा

कुमारी बैंक लिमिटेड स्वर्गीय नुरप्रताव राणाको नेतृत्वमा स्थापना भएको बैंक हो । नुरप्रताप राणाको सबैभन्दा बढि प्रमोटर शेयर रहेको कुमारी बैंक उहाँको निधन सँगै तहसनहस बन्दै गएको फेला परेको छ । आगामी २०७४ असार मसान्त भित्र ८ अर्ब चुक्ता पुँजी पु¥याउन पर्ने राष्ट्र बैंकको निर्देशन अनुसार पुँजी बृद्धिको योजनामा पछि परेको कुमारी बैंकका सञ्चालकहरुको भित्री कथा बारे हामीले यसपटक बैंकका शेयरधनी, प्रमोटर र पाठकसामु पस्कने जमर्को गरेका छौं ।
कुमारी बैंक यस्तो बैंक हो जहाँ स्व. नुरप्रताप राणाको इज्जत र प्रतिष्ठाबाट बाँचेको थियो । जब उहाँको निधन भयो । बैंक पनि क्रमश तहसनहस हुँदै गयो । बैंकका पूर्व सिइओ उदय कृष्ण उपाध्याय केटी काण्डमा फसेपछि बैंक वदनाम मात्रै भएन ।
ठूलो डिपोजिटकर्ता आतिएर बैंक तरलता संकटमै फस्यो । यति हुँदा हुँदै पनि एनसीसी बैंकसँग मर्जरको नाटक भयो तर केही महिना पछि टुट्यो र अहिले फेरी काष्ठमण्डप डेभलपमेन्ट बैंक लगायत केही साना बैंकसँग मर्जर गर्ने सहमती भएको छ । डिडिए समेत पूरा भएको छ । तर यो पास गर्न विशेष साधारण सभा बोलाउनु पर्ने बाध्यता कुमारी बैंकको छ । त्यस सभाबाट मर्जर फेल भए के हुन्छ यो अहिले भन्न सक्ने अवस्था नै छैन ।
बैंक नेतृत्व विहिन छ । २ वर्ष देखि सिइओ विहिन छ । कुमारी बैंकलाई राष्ट्र बैंकले ३ महिनामा सिइओ पदपूर्ति गर्ने निर्देशन दिएपनि कुमारी बैंकको बोर्डले सो निर्देशन रद्दिको टोकरीमा फालेको छ । कामु सिइओले बैंक चलाएको अवस्था छ । कुमारी बैंक लिमिटेडको अर्को मिठो कथा रमाइलो छ ।
बैंकका प्रमोटर नुरप्रताप राणाको निधन पछि ६ जना सञ्चालक छन् । नरेश दुगड तेल काण्ड पछि भारतमा भागि बसेका छन् । उनी बैंकको कुनै बैठकमा आउदैनन् । यस्तै अर्का सञ्चालक पुनराम भण्डारी अष्टे«लियाका ग्रीन कार्ड होल्डर हुन । उनी प्राय बैंकको बैठकमा आउदैनन् ।
अध्यक्ष सन्तोष कुमार लामा काग्रो व्यवसायी हुन उनी सोझा र सिधा व्यक्ति हुन । भने सञ्चालक डा. सोमाकान्त ढकाल एमाले नेता हुन उनी घर जग्गा व्यवसायी र भाटभटेनीका मालिक मीन बहादुर गुरुङका १५ प्रतिशतका पार्टनर पनि हुन । उत्तम प्रसाद भट्टराई काग्रो व्यवसायी हुन भने विनोद दवाडी इन्जिनियर हुन । यी ६ जना मध्ये ४ जनाको चर्को हालीमुहाली अहिले बैंकमा छ ।
अध्यक्ष लामा, सञ्चालक दवाडी, भट्टराई, ढकालको अक्षमताकै कारण कुमारी बैंक फेरी संकटमा पर्ने देखिन्छ । समाचार स्रोत भन्दछ । अध्यक्ष लामा ढकाल, भट्टराई र दवाडीको टिम दिनै बैंकमा आउँने महिनाको पटक/पटक बैठक बस्ने भत्ता लिने जनताको पैसामा हुस्की देखि चिकन चिल्ली खाने गाडी चढ्ने गरेका छन् ।
खास गरी डा.शोभा कान्त ढकालले बैंक भित्र हालीमुहाली चलाउने गरेको फेला परेको छ । समाचार सुत्र भन्दछ । विहान १० बजेवाट साँझ ७ बजेसम्म डा.शोमा कान्त ढकाल बैठकमा बसी बैंक माथी लैजाने योजना हैन बरु जनताको पैसा लुट्ने काम गरिरहेको फेला परेको छ ।
राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीको नाम लिदै विभिन्न भोजभतेरमा पुग्ने यी सञ्चालक ढकाल भन्दछन् मलाई कारवाही हुदैन म कुमारी बैंकको ‘डन’ हुँ ।
यस समाचार बारे राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीलाई सोध्यो के छ कुमारी बैंकको बारेमा तपाईको धारणा भन्दा उनीले भने हामीले सिइओ नियुक्त गर्न पत्राचार गरेका छौं । अटेर भएको सत्य हो । मर्जरको कुरा छ भनेर चुप लागेका पनि छौं ।
मर्जर टुटेकोमा चेतावनी पत्र दिएको पनि हो । जनताको पैसामा बदमासी भएको भए कारवाही गर्ने छौं । उनीले थपेः– कुमारी बैंक राष्ट्र बैंकको पछिल्लो निगरानीमा छ । हाम्रा निर्देशन पालना भए नभएको बारेमा हामी सचेत छौं । छनविनमा छौ दोषी भेटिए कारवाही मात्रै होइन हस्तक्षेप नै हुन्छ ।
२ वर्ष देखि बैंक सिइओ विहिन छ । सञ्चालक दुगड भारतमा लुकेर बसेका अपराधी छन् । एक सञ्चालक अष्टेलियामा ग्रिन कार्ड लिएर बसेका छन् । प्रमोटर शेयर सबैभन्दा बढी भएका नुरप्रताप राणा स्वर्गीय भए । उनका छोरा सञ्चालक छैनन् । यो विचमा एमाले नेता डा. शोमाकान्त ढकालको “दुउना गाई” भएको छ । कुमारी बैंक भन्दा फरक पर्दैन ।
नेपाली जनताको पैसामा फूपूको श्राद्ध गर्ने कुमारी बैंकका नालायक अध्यक्ष लगायत सञ्चालकहरुको बारेमा हामी अझै भित्रीरुपमा खोजी गरिरहेका छौं । जनताको पैसामा फूपूको श्राद्ध गर्ने र उचित निर्णय लिन नसक्ने कुमारी बैंकको सञ्चालक समितिलाई बैंठक भत्ता खाने अधिकार छैन एक शेयरधनीले नाम नलेख्ने शर्तमा बताए । समाचार सुत्र भन्दछः– एनसीसी बैंकसँग मर्जर तोडिएको कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक लगायत ४ संस्थासँगको मर्जर तोडियो भने राष्ट्र बैंकले हस्तक्षेप गर्ने प्रायः निश्चित रहेको छ ।

3710
Shares

ट्रेन्डिङ