सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ओप्पो स्मार्ट फोन देखि होसियार !

ओप्पो स्मार्ट फोन देखि होसियार !

5155
Shares
ओप्पो स्मार्ट फोन देखि होसियार !

चीनमा उत्पादित ओप्पो मोवाइल स्मार्ट फोन अहिले नेपाली बजारमा छापछ्याप्ती पाइने गरेको छ । सबै भन्दा बढी क्यामराको पावर भएको भनि प्रचार÷प्रसार गरिएको उक्त फोनको ब्याष्ट्रि फड्कीएको र चार्ज ६ घण्टापनि नटिक्ने भएको भेटिएको छ ।
चावहिल निवासी उत्तम राज श्रेष्ठले भने मैले ओप्पो फोन २९ हजार ५०० मा खरिद गरी किने १ महिनामै व्याट्री पड्कीयो कम्पनीमा गए केही भएन अब म के गर्ने ? उनीले बताए ।
यस्ता सयौं नेपाली पिडित भएका छन्ः ओप्पो स्मार्ट फोन सेटबाट । नेपालमा ६ महिना अगाडी भित्रिएको ओप्पो फोनले नेपाल दुरसञ्चार प्राधिकरणमा IME नम्बरको समेत दर्ता नगरेकाले भन्सार नतिरी चोरी बाटोबाट फोन भित्र्र्याएको, राजश्व ठगी गरेको फेला परेको उच्च स्रोतको दावी छ ।
सामसुम, एप्पलको आइफोन, जिओनी लगायत दर्जनौ व्राण्डले IME नम्बर दर्ता गरेको तर ओप्पोले नगरेको फेला परेपछि अब आन्तिरक राजश्व विभागले ओप्पो फोनलाई कारवाही गर्न लागेको खुलासा भएको हो ।
केही नेपाली व्यापरीहरुको संलग्नतामा चीनका केही सुन र डलर तस्करीहरुको मिलोमोतोमा नेपाल भित्र्याइएको ओप्पो स्मार्टफोनले नेपालका ठूलो सञ्चाल माध्याममा झुटो विज्ञापन गराई सोझा सिधा नेपाली जनताहरुलाई ठगी गरेको फेला परेको हो ।
अधिकाशं मोवाईल सेटहरुको कर नतिरीे नेपाल भित्र्याइएको फेला परेपछि आन्तरिक राजश्व विभागले ओप्पो फोनलाई कारवाही गर्न पत्राचार समेत गरेको स्रोतको दावी छ ।
नेपाली बजारमा आएका अधिकाशं फोन पछिल्लो अवस्थामा चीनबाटै आउने गरेका छन् । ओप्पो स्मार्ट मोबाइल सेट पनि चीनबाट आएको हो । यसमा नक्कली चाइनिज पार्टपूर्जा रहेको र चोरी बाटो बाट आएको र प्रचार प्रसार भए अनुसार क्वालिटी नरहेको उपभोक्ताहरुको भनाई छ ।
फेसबुक, युबटुयूव, मेल जस्ता अति महत्वपूर्ण मोवाइल एपहरु चलाउदा चलाउदै फोन नै ह्याङ हुने । डबल सीम नचल्ने र ब्याट्रि नटिक्ने भएपछि ग्राहकहरुले किनेको फोनहरु भटाभट फिर्ता कम्पनीले लगेको भुक्तभोगीहरुले बताए ।
चीनमा सस्तो मुल्यमा पाउने यस्ता फोन नेपालमा महंगोमा विक्री गरेको र कर समेत नतिरेको फेला परेको हो । यसबारे नेपाल प्रहरीको सीआइवीमा उजुरी समेत परेको छ । उजुरी पछि छानविन समेत सुरु भैसकेको स्रोतको दावी छ ।
नेपालको आधिकारिक विक्रेता रहेको “सेल मोविलिटी”ले चीनका केही व्यक्तिहरुको नेतृत्वमा नेपाल ल्याएको ओप्पो मोवाइल सेटको लुट वारेमा छानविन हुने उच्चस्रोतको दावी छ ।

5155
Shares

ट्रेन्डिङ