सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काउन्सिलद्धारा दर्जनौं सञ्चारमाध्यमलाई स्पष्टीकरण पत्र

काउन्सिलद्धारा दर्जनौं सञ्चारमाध्यमलाई स्पष्टीकरण पत्र

3660
Shares
काउन्सिलद्धारा दर्जनौं सञ्चारमाध्यमलाई स्पष्टीकरण पत्र

प्रेस काउन्सिल नेपालले विभिन्न ६ वटा सञ्चारमाध्यमलाई पत्राचार गरी स्पष्टीकरण तथा खण्डन पेश गर्न निर्देशन गरेको छ । पत्राचार गरिएकामा उपत्यका दैनिक, दिशानिर्देश साप्ताहिक, विश्वदीप साप्ताहिक, समाधान दैनिकलाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गरिएको छ ।
कान्तिपुर, काठमाडौं पोष्ट, अन्नपूर्ण पोष्ट, द हिमालय टाइम्स, नागरिक, रिपब्लिका, नयाँ पत्रिका, कारोवार, आर्थिक अभियान दैनिक लगायतका पत्रपत्रिकालाई समेत पत्राचार गरी मिति २०७३।१०।०९ गतेदेखि विभिन्न मितिमा लगातार विभिन्न आकारमा “कतै तपाईको नांगो साबुनमा बोसो त छैन?”
शीर्षकको साबुनको रंगिन विज्ञापनमा कुनै प्रायोजकको नामठेगाान नदेखिएको, उक्त विज्ञापनमा प्रायः नांगो साबुनमा जनावरको बोसो प्रयोग गरिएको हुन्छ, के तपाई आफ्नो अधिकारप्रति सचेत हुनुहुन्छ ?
नांगो साबुन स्वास्थ्यको लागि हितकर नहुने ? भन्ने जस्ता सन्देश लेखी प्रकाशित भएको र यसै विज्ञापनलाई बढावा दिने गरी मिति २०७३।१०।०९ गते नागरिक दैनिकमा “नांगो साबुन छयाप्छयाप्ती सरकारी निकाय मौन” र मिति २०७३।१०।०९ गते अन्नपूर्ण पोष्ट दैनिकमा “ब्रान्ड नखुलेका साबुनको बिगबिगी” शीर्षकमा समाचार प्रकाशित भएको विषयमा समेत ध्यानाकर्षण भएको भनि प्रायोजक विनाका यस्ता विज्ञापनहरू प्रकाशित नगर्न उल्लेखित सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराएको छ ।
साथै, प्रेस काउन्सिल नेपालका सह प्रशासकीय अधिकृत दीपक खनालद्वारा हस्ताक्षरित पत्रमा ‘ओहो, खाने बाटो कस्तो अचम्मको’ शीर्षकको समाचारका सम्वन्धमा जनआस्था साप्ताहिकलाई खण्डन प्रकाशन गर्न र सोको जानकारी गराउन निर्देशन गरिएको हो ।

3660
Shares

ट्रेन्डिङ