सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • निबन्ध प्रतियोगिताको उपाधी चार्ल्स डार्विन र पायोनियर स्कुल

निबन्ध प्रतियोगिताको उपाधी चार्ल्स डार्विन र पायोनियर स्कुल

4850
Shares
निबन्ध प्रतियोगिताको उपाधी चार्ल्स डार्विन र पायोनियर स्कुल

राष्ट्रिय संस्थागत विद्यालय संघ(निसान)ले जोरपाटीको चार्ल्स डार्विन स्कुलमा आयोजना गरेको जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगितामा अंग्रेजी विधामा चार्ल्स डार्विन स्कुल र नेपाली विधामा पायोनियर स्कुलले प्रथम श्रेणीका उपाधी हात पारेको छ ।
प्रतियोगिता अंग्रेजी तर्फ चार्ल्स डार्विन स्कुलकी तुलसा खरेल प्रथम,लिवर्टी एकेडेमीका बालकृष्ण श्रेस्ठ द्वितीय र जोन एकेडेमीकी अन्जना बिक तृतीय भएका छन् । भने नेपाली बिधामा पायोनियर स्कुलकी नैना श्रेस्ठ प्रथम, चार्ल्स डार्विनकी निशा बस्नेत द्वितीय र बिद्या सदनकी सलिना श्रेस्ठ तृतीय बनेकी छन् ।
बिजयीलाई राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, निसानका अध्यक्ष ओम ढकाल, निर्णायक डा बिदुर चालिसे र प्रकाश दाहाल लगाएतले पुरस्कार वितरण गरेका थिए । चार्ल्स डार्विन स्कुलमा भएको उक्त कार्यक्रममा बिजयी विद्यार्थी र स्कुललाई मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा निसानको बिकास र प्रवर्द्धन र समाजमा पुर्‍याएको योगदानको कदर गर्दै समाजसेवी एवम संचारकर्मी सुदर्शन बजगाईलाई सम्मानित समेत गरिएको थियो ।

4850
Shares

ट्रेन्डिङ