• होमपेज
  • १४ देशका लागि नयाँ नेपाली राजदूत

१४ देशका लागि नयाँ नेपाली राजदूत

१४ देशका लागि नयाँ नेपाली राजदूत

नेपाल सरकारले १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको दोस्रो बैठकले राजदूतको नामावलीको निर्णय गरेको हो ।
दलहरुको भागवण्डाका आधारमा माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसबाट अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएई लगायत ६ राजदूत सिफारिस गरिएको छ । भने फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुुली ओमानका लागि सिफारिस भएकी छिन् ।
जापान, स्पेन, र इजरायलका लागि राप्रपाले तीन राजदूत पाएको छ । जसमा प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका