सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

3075
Shares
नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।
तर, एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालको अवसर गुमेको हो । प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

3075
Shares

ट्रेन्डिङ