सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

5845
Shares
डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी गराएको हो ।यही फागुन १३ गते महाशिवरात्री पर्व मनाइँदैछ । केदारनाथको शिर भनिने डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थी तथा साधु सन्तको घुइँचो लाग्दछ ।
महाशिवरात्री पर्वका लागि समितिका संस्थापक अध्यक्ष बालहरि चालिसेको संयोजकत्वमा पूजा ब्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यसैगरी मोहन बल्लको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, लवराज थापाको संयोजकत्वमा स्वयमसेवक उपसमिति, हरिशरण बस्नेतको संयोजकत्वमा दाउरा र धुनी ब्यवस्थापन उपसमिति, धर्मराज बस्नेतको संयोजकत्वमा भोजन तथा आवास ब्यवस्थापन उपसमिति र विश्वराम थापाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यसैगरी सूर्यबहादुर खाइतुको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, किरण थापाको संयोजकत्वमा समन्वय उपसमिति, कृष्णहरि उपाध्यायको संयोजकत्वमा भजनकीर्तन ब्यवस्थापन उपसमिति र गोपाल भट्टराईको संयोजकत्वमा खानेपानी तथा विद्युत ब्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महाशिवरात्री पर्व सम्पन्न गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव मोहन बल्लले जानकारी दिए । बल्लका अनुसार सो दिन पञ्चस्नानको लागि एक हजार एक सय र यस वर्षदेखि महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ११ हजार १ सय ११ को रसिद काट्नुपर्ने छ ।
त्यस्तै, शिवरात्रीमा आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादीको समेत ब्यवस्था मानव सेवा संघ कुलेश्वर काठमाडौैंबाट गरिएको छ । सुरक्षा ब्यवस्थाका लागि प्रहरी, सेनालगायतको सहयोग रहनेछ ।
मन्दिरले हरेक वर्ष डोलेश्वरमा आउने साधु सन्त र बाबाहरुको चाप बढ्दै गएपछि बाबाहरुलाई श्रेणीमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराइने जनाइएको छ ।
क वर्गका साधुसन्तका लागि एक हजार एक सय एघार, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिणा तथा प्रतिसाधुलाई एक थान कम्बल, दुई थान धोती र एक थान कमण्डलु प्रदान गरिनेछ ।
त्यसैगरी मन्दिरको वार्षिक कार्यक्रमअनुसार शिवरात्रीका लागि सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि १२ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुला गरिनेछ । अनलाइनखबर

5845
Shares

ट्रेन्डिङ