सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आजदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु

आजदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु

2840
Shares
आजदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु हँुदै छ । निर्वाचन कार्य तालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् ।
स्ववियु निर्वाचनको मिति फागुन १८ गते सारिएपछि नयाँ कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया सुरु भएको हो ।
प्रक्रियाअनुसार नै निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले आजसम्म क्याम्पस निर्वाचन समितिमा सङ्घ सङ्गठन दर्ता पनि गराउने अन्तिम समय तोकिएको छ ।
उहाँले आजदेखि सुरु हुने स्ववियु निर्वाचन प्रक्रियामा सबै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गर्नुभयो ।
निर्वाचन प्रक्रिया अनुसार फागुन १२ गते प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा फागुन १८ गते मतदान तोकिएको छ ।
यसअधि त्रिविले फागुन १४ गतेदेखि हुने निर्वाचनको लागि फागुन १ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरेको थियो ।
त्रिविमा यसपटक आठ वर्षपछि स्ववियु निर्वाचन हुन थालेको हो । रासस

2840
Shares

ट्रेन्डिङ