सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

टेलिकमको शिवरात्री अफर

2610
Shares
टेलिकमको शिवरात्री अफर

नेपाल टेलिकमले महाशिवरात्रीको अवसरमा फेस्टिभल अफर ल्याएको छ । अफरमा डाटा बन्डल प्याकेज अन्र्तगत ७५ रुपैयाँमा एक सय एमबी डाटा र वोनसको रुपमा एस एमबी नै युट्युब प्याक उपलब्ध गराइएको छ ।
यो डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने छ । यस्तैगरी १५० रुपैयाँमा २ सय एमबी डाटा र वोनसको रुपमा २ सय एमबी नै युट्युब प्याक उपलब्ध गराइएको छ । यी दुवै डाटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने छ । यो प्याकका लागि यू१०० र २०० एमबीका लागि यू२०० टाइप गरी १४१५मा एसएमएस गर्नुपर्छ ।
यस्तै प्योकज अन्र्तगत २२ रुपैयाँ ६० पैसामा ५ दिनको अवधिका लागि १ सय एसमबी फेसबुक प्याकेज पनि उपलब्ध गराएको छ ।  यो सेवा प्राप्त गर्न अंग्रेजीमा फेसबुक टाइप गरी १४१५मा एसएमएस गर्नुपर्छ ।

2610
Shares

ट्रेन्डिङ