• होमपेज
  • मान्छे विक्रेता दलाललाई पार्टीको संरक्षण किन ?

मान्छे विक्रेता दलाललाई पार्टीको संरक्षण किन ?

मान्छे विक्रेता दलाललाई पार्टीको संरक्षण किन ?

२५ लाखदेखि ७५ लाखसम्म दलाली दिएर अमेरिका छिर्न पाइनछ भनेर हिडेका ३ सय नेपाली मेक्सिको प्रहरी खोरमा पुगेपछि तिनको हालत मर्ने कि बाँच्ने दोधारमा परेको छ । अमेरिका पुर्याइदिन्छु भन्ने दलालहरुले यस्ता कतिलाई असरल्ल छाडेर भागेका छन् ।
यसरी यता न उता भएर जीवन बर्बाद गर्ने युवतीहरुको पनि लामै किस्सा छ । यो पछिल्लो घटनाले ठग दलालहरुलाई राजनीतिक संरक्षण भएकाले कारवाही हुन नसकेको प्रहरी स्रोतले बताएको छ ।
कति सय युवायुवती जेल परे, कति मारिए, कति अलपत्र छन्, समाचार आउँछ, सरकारले वास्ता गर्ने गरेको छैन ।मूल सवाल भनेको यसरी युवायुवतीहरुलाई अमेरिका छिराइदिन्छु भन्ने दलाल को को हुन् ?
त्यसको खोजी गरेर मुखुण्डो उतार्न जरुरी छ । तर संसद, सरकार र सुरक्षा निकायले कुनै कारवाही चलाउन सकेको छैन । मान्छे विक्रेतामाथि कारवाही नहुनु भनेको लोकतान्त्तिक होइन, अपराधिक शासन व्यवस्थाका रुपमा विश्व समुदायमा चर्चा हुन थालिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका