• होमपेज
  • लोकतन्त्रमा राजतन्त्र छिर्यो, पुच्छर अड्केला कि ?

लोकतन्त्रमा राजतन्त्र छिर्यो, पुच्छर अड्केला कि ?

लोकतन्त्रमा राजतन्त्र छिर्यो, पुच्छर अड्केला कि ?

अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकीकृत महाधिवेशनका माध्यमबाट पार्टीको हैसियतमात्र बढाएनन्, लोकतान्त्रिक राजतन्त्र र हिन्दूराष्ट्रको एजेन्डासमेत पारित गरे ।
०६५ सालमा राजतन्त्रको स्थानमा गणतन्त्र कार्यान्वयन भएपछि पहिलोपटक राजतन्त्र लोकतान्त्रिक परिपाटीमा अट्नसक्छ, अटाउनु पर्छ भनेर कांग्रेस, एमाले र माओवादीलाई अधिवेशनको मञ्चमै राखेर अध्यक्ष कमल थापाले प्रस्ताव गरेका हुन् ।
एमालेका अध्यक्ष केपी ओलीले राप्रपालाई माओवादीभन्दा ठूलो पार्टीको शुभकामना दिए भने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीले राप्रपालाई किन किन निकट पार्टी लाग्छ भन्न बाध्य पार्ने राप्रपा अध्यक्ष कमल थापाले संविधानका माध्यमबाटै लोकतान्त्रिक राजतन्त्र सम्भव छ भन्ने आफ्नो मान्यता अझ दर्बिलो रुपमा उठाएका छन् ।
पूर्वराजा जता जान्छन्, उतै माहुरी झुम्मिएझें झुम्मिने जनताले राप्रपालाई मतदान दिए भने संविधान संशोधनको माध्यमबाट राजतन्त्र र हिन्दुधर्म स्थापित हुनसक्छ । अध्यक्ष कमल थापाले जनमत लिनकै लागि चलाखीपूर्ण रणनीति अपनाएर लोकतान्त्रिक राजतन्त्र र हिन्दुराष्ट्र स्थापना गर्ने डंका पिटेका हुन् ।
यो अधिवेशनबाट राप्रपाले लोकतान्त्रिक राजतन्त्र र हिन्दुवादी हौं भनेर अधिवेशनबाटै राजतन्त्रलाई राप्रपाको एजेन्डामात्र बनाएन, किनानारा लागेको राजतन्त्रलाई राजनीतिक मुद्दासमेत बनाइदिएको छ । आगामी माघ ७ भित्र हुने स्थानीय, प्रदेश, संसदको निर्वाचनमा यो एजेण्डाले काम गर्ला कि नगर्ला, परीक्षण सुरु भइसकेको छ ।
लोकतन्त्रमा लोकतान्त्रिक राजतन्त्रको टाउको त छिर्यो, पुच्छर पनि छिर्ला कि अड्केला, सबैका लागि प्रतिक्षाको विषय बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका