सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सात महिनामा दुई करोड राजस्व सङ्कलन

सात महिनामा दुई करोड राजस्व सङ्कलन

2975
Shares
सात महिनामा दुई करोड राजस्व सङ्कलन

जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा रु दुई करोड ११ लाख ६ हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आवको साउनदेखि माघ मसान्तसम्म ३० हजार ९९९ सवारी चालक कारबाहीमा परेको कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो । सोही अवधिमा कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १८ जना चालकलाई कारबाही गरी रु १० लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।
कारबाहीमा पर्नेमा मोटरसाइकल चालक ८९४ जना, ट्र्याक्टर चालक १४, कार÷जिप चालक ९९, बस चालक ८ जना र ट्रक÷ ट्र्याङ्कर चालक तीन जना रहेका छन् । कार्यालयले सवारी दुर्घटनालाई कम गर्न २१० पटकसम्म १७ हजार ३३७ जनालाई ट्राफिक जनचेतना प्रशिक्षण दिएको जनाएको छ । रासस

2975
Shares

ट्रेन्डिङ