सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सामसुङको ग्यालेक्सी एस एट प्लस यस्तो हुनेछ

सामसुङको ग्यालेक्सी एस एट प्लस यस्तो हुनेछ

4205
Shares
सामसुङको ग्यालेक्सी एस एट प्लस  यस्तो हुनेछ

सामसुङको आगामी ग्यालेक्सी एस एट प्लस कस्तो हुनेहोला भन्ने सामसुङप्रेमीहरुको जिज्ञासा मेटिएको छ । एट प्लस स्मार्टफोनका बारेमा विस्तृत विवरणहरु इन्टरनेटमा सार्वजनिक भएका छन् ।
भेन्चर बिट नाम प्रविधि सम्बन्धी वेबसाइटका संवाददाता इभान ब्लासले आफ्नो टि्वटरमार्फत ग्यालेक्सी एस एट प्लसको पूर्ण विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरण अनुसार ग्यालेक्सी एस एट प्लसमा ६.२ इन्चको क्वाड एचडी प्लस एमोलेड डिस्प्ले हुनेछ । ग्यालेक्सी एस एट प्लसमा आइरिस स्क्यानर, ६४ जिबीको मेमोरी तथा वायरलेस चार्जिंग हुनेछ ।
साथै यसमा ४ जिबीको र्याम, १२ मेगापिक्सेलको डुअल क्यामरा, ८ मेगापिक्सेलको सेल्फी क्यामरा, धुलो तथा पानी प्रतिरोधी हुुनुका साथै र सामसुंग पे समेत सिस्टम समेत हुनेछ ।
समाचार अनुसार सामसुंगले एकसाथ दुइ मोडेलका नितान्त फरक स्मार्टफोन ल्याउँदैछ । आगामी मार्च २९ मा सामसुंगले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने दाबी गरिएको छ ।
नयाँ स्मार्टफोनमा सामसुङको नयाँ १० न्यानोमिटर फ्याबि्रकेसन टेक्नोलोजीको प्रयोग गरिनेछ । जसले यी स्मार्टफोनलाई ग्यालेक्सी एस सेभेन मोडेल भन्दा ११ प्रतिशत तेज बनाउनेछ । त्यस्तै २३ प्रतिशत तेज ग्राफिक्स प्रोसेसिंग हुनुका साथै उर्जा खपतमा २० प्रतिशत बढि किफायती हुनेछ ।
साथै ग्यालेक्सी एस एटमा युएसबी सी चार्जिंग पोर्ट, हेडफोन सकेट पनि रहनेछ । समाचार अनँसार एस एटको मूल्य ९५० डलर तथा एस एट प्लसको मूल्य १०५० डलर हुन सक्नेछ । एजेन्सी

4205
Shares

ट्रेन्डिङ