सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिड्नीमा ‘लुट २’ को शो हुन सकेन

सिड्नीमा ‘लुट २’ को शो हुन सकेन

3620
Shares
सिड्नीमा ‘लुट २’ को शो हुन सकेन

बहु प्रतिक्षित चलचित्र ‘लुट २’ हेर्ने सिड्नीबासी नेपाली दर्शकहरूको इच्छा शुक्रबार पुरा हुन सकेन । नेपालमा पहिलो दिन नै आक्रामक ब्यापार गरेको चलचित्र लुट २ को सिड्नीमा पनि पहिलो शो को टिकट शोल्ड आउट भएको थियो ।
हलमा उक्त चलचित्र हेर्न आएका दर्शकहरूको भिड पनि बाक्लै थियो । तर ,बिडम्बना नेपालबाट हाईलाईट्सले पठाएको चलचित्रको फाईलमा खराबी भएपछी चलचित्रको शो नै स्थगित हुन पुग्यो । यस्तो अबस्था आउनुको मुख्य कारण लुट २ को बिदेश बजारको अधिकार लिएको हाईलाईट्सको लापरबाही मान्छन् लुट २ को अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका रोशन भट्टराई ।
हामीले पहिले नै चलचित्र मागेका थियौ तर अन्तिम समयमा मात्र चलचित्र उपलब्ध गरायो । हतार हतारमा चलचित्र पठायो , त्यो पनि खराब फाईल । अन्तिम समयमा के गर्नी र ? उनले गुनासो पोखे ।
लाखौ तिरेर चलचित्र लिन पनि सिधै निर्माताको हातबाट किन्न नपाएर माध्यम मार्फत किन्नु पर्दा प्रबासमा नेपाली चलचित्रको बजार बिस्तारका निमित्त लागि परेका नेपालीहरू मारमा परेको कुरा भट्टराई बताउँछन । चलचित्र हेर्न हलमा पुगेका दर्शकहरू निराश भएर फर्कदा सिड्नी आयोजकले लज्जित महशुस गरेको थियो । उनिहरूको तर्क छ,–अब यसको क्षतिपुर्ति कसले दिने ?
पहिलो शो नै यस्तो भएपछि त्यस पछिका शोहरू पनि प्रभावित हुन पुग्ने कुरा बताईएको छ । हाईलाईट्सको यस्तो कृयाकलापले गर्दा नेपाली चलचित्रप्रति नै प्रबासी नेपालीहरूको मनमा गलत धारणा पलाउन सक्ने कुरा भट्टराई बताउँछन ।अनलाइनखबर

3620
Shares

ट्रेन्डिङ