सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उपराष्ट्रपतिको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

उपराष्ट्रपतिको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

3615
Shares
उपराष्ट्रपतिको अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी लिनुभएको छ ।
विगत चार दिनदेखि रिंगटा लाग्ने, बान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि आइतबार राति उपराष्ट्रपति पुनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री दाहाल आज अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाका बारेमा चासो लिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
उपराष्ट्रपतिको उपचारमा डा मधु घिमिरे र डा शिवजीविक्रम सिलवाल संलग्न हुनुहुन्छ । चिकित्सकले उहाँको शरीरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताउनुभएको प्रेस संयोजक घर्तीले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । यसैगरी, उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि अस्पताल पुगेर उपराष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
चिकित्सकका अनुसार हाल उपराष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । रासस

3615
Shares

ट्रेन्डिङ