सबैको समाचार
मङ्लबार, मंसिर १२, २०८०
  • होमपेज
  • पत्रकार महासङ्घ बर्दियामा धिताल

पत्रकार महासङ्घ बर्दियामा धिताल

पत्रकार महासङ्घ बर्दियामा धिताल

नेपाल पत्रकार महासंघ बर्दिया शाखाको ११ औँ जिल्ला अधिवेसनले राजेन्द्रप्रसादधितालको अध्यक्षतामा १६ सदस्यीय कार्य समिती निर्विरोध चयन गरेको छ ।
अधिवेसनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवप्रभु चौधरी र विष्णु अधिकारी एवं कोषाध्यक्षमा दिपक शर्मा निर्विरोध चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा सन्तोष पौडेल, लक्ष्मण ढुंगाना, सितल थापा, दुर्गा आचार्य, दिपक श्रेष्ठ, कुशम बिक, ताराबहादुर सुनार, भिमउचै ठकुरी र सन्दिप कुमार बैश्य चयन हुनु भएको छ ।
अधिवेशनले केन्द्रिय पार्षदमा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), बिनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशिला गिरी, गिता अधिकारी चयन गरेको निर्वाचन समितीका सदस्य सुभाष पोख्रेलले जनकारी दिनुभयो ।
यस्तै अबिधेसनबाट प्रदेश पार्षदहरुमा कमल पन्थि, यज्ञ नेपाल, हरीबंश पाण्डे, मंगलराम चौधरी, अर्जुन आचार्य, यमनाथ घिमिरे, ज्योती पन्थि, बिबेकराज भण्डारी, संजय आचार्य र दिनेश यादव चयन हुनुभएको छ ।
पत्रकार महासंघको उदघाटन समारोहमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल, महासंघका केन्द्रिय प्रतिनिधी प्रेम केशी, महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) लगायतका बक्ताहरुले अधिवेशन सफलताको कामना गर्दै मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
विहान १० बजेका लागि बोलाईएको अधिवेशनमा दिउस २ बजे सम्म पनि बर्दिया शाखाका अध्यक्ष मिनराज शर्मा उपस्थित नभएपछी केन्द्रिय प्रतिनिधीको रोहबरमा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष भावुक योगीको सभापतित्वमा अधिवेसन सम्पन्न भएको हो ।
यसअघि नेपाल पत्रकार महासंघ केन्द्रिय समितीद्धारा फागुन १२ गतेका लागि तोकिएको बर्दिया सहित मध्यपश्चिम क्षेत्रका अधिकांश जिल्लामा अधिवेसन सम्पन्न भएपनि बर्दियामा भने उक्त दिन सम्पन्न नभई फागुन २० गतेका लागि सारीएको थियो ।

ट्रेन्डिङ