सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल दलित संघ सोलुखुम्बुको पाँचौ जिल्ला अधिबेशन सप्पन्न

नेपाल दलित संघ सोलुखुम्बुको पाँचौ जिल्ला अधिबेशन सप्पन्न

3855
Shares
नेपाल दलित संघ सोलुखुम्बुको पाँचौ जिल्ला अधिबेशन सप्पन्न

नेपाल दलित संघ सोलुखुम्बुको पाँचौ जिल्ला अधिबेशन सप्पन्न भएको छ । जिल्ला बिकास समितिको सभाहल सल्लेरीमा भएको अधिबेशन १८ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन भइ पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एबम नेपाल दलित संघकी महासचिव लक्ष्मी परियारको प्रमुख आतिथ्यता नेपाली काङ्ग्रेस सोलुखुम्बुका निबर्तमान सभापति आङ्गेलु शेर्पा तथा नेपाल दलित संघ का केन्द्रिय प्रतिनिधि गोपिलाल बि.क., लगायतको बिशिष्ठ आतिथ्यतामा सम्पन्न अधिबेशनले कर्ण बहादुर विश्वकर्माको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिती गठन गरिएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि राम बहादुर बस्नेत, युबा नेता एबम पार्टी सचिव चन्द्र आचार्य, युबा नेता गणेश बस्नेत, राजन बस्नेत, कार्यबाहक सभापति कृष्ण निरौला, नेपाल दलित संघका संगठन बिभाग प्रमुख धर्म नेपाली, नेपाल विद्यार्थी संघका जिल्ला स्तरिय नेता तथा कार्यकर्ता, दलित संघका नेता कार्यकर्ता, पार्टीका  जिम्मेवार नेता तथा कार्यकर्ता ,विभिन्न भात्री सस्था तथा शुभेच्छुक सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको विद्यार्थी नेता दिनराज बास्तोलाले जानकारी दिनुभयो ।
नेपाल दलित संघको जिल्ला कार्यसमितिको निर्बिरोध निर्बा्चित भएका १८ सदस्यीय जिल्ला समितीमा उपाध्यक्षमा सै कुमार बि.क., सचीव ल्याक्पाछिरिङ बि.क., कोषध्यक्ष अर्जुन नेपाली, सह सचिब कोपिला घतानी लगायत छन । यसै गरि महाधिवेशन प्रतिनिधिमा दुर्गा प्रसाद दर्जी, रन्जना घिमिरे, बिनोद परियार निवाचित भएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता बास्तोलाले जानकारी दिनुभयो ।

3855
Shares

ट्रेन्डिङ