सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एस.एल.सी भरी लोडसेडिङ नहुने

एस.एल.सी भरी लोडसेडिङ नहुने

3870
Shares
एस.एल.सी भरी लोडसेडिङ नहुने

नेपाल विद्युत प्राधिकरणले आगामी माध्यमिक शिक्षा परीक्षा (एसएलसी) चैत १ देखि १४ गतेसम्म बेलुका ६ बजेदेख ९परीक्षा भर देशरभर लोडसेडिङ नगर्ने भएको छ । अहिले काठमाडौं, पोखरा र चितवनमा लोडसेडिङ नभएपनि अन्य ठाउँमा आंशिक लोडसेडिङ यथावत नै छ ।
माध्यमिक शिक्षा परीक्षामा विद्यार्थीलाई सहज बनाउने उद्देश्यले विहान र बेलुका लोडसेडिङ नगर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
सोमबार एक सूचना प्रकाशित गरी प्राधिकरणले सो अवधिमा विद्युत खपत कम गरेर सहयोग गरिदिन आग्रह समेत गरेको छ । सूचनामा घरायसी उपभोक्तालाई पिक अवारमा धेरै बिजुली खपत हुने आइरन, रुम हिटर, इमर्सन हिटर, इन्डक्सन चुल्हो, पानी तान्ने पम्प, एयर कन्डिसनर, गिजर र वासिङ मेसिन नचलाउन र होटलहरुलाइ बजेसम्म जेनेरटर चलाएर कम बिजुली खपत गरिदिन अपील गरेको छ ।
एसएलसी परीक्षामा सहभागी विद्यार्थी हुने भविष्यका कर्णधारको महत्वपूर्ण परीक्षा भएकाले प्राधिकरण उनीहरुप्रति निकै संवेदनशील छ । हामीले गरेको आग्रहलाई सबैले स्विाकारेर सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ । ’प्रवक्ता अधिकारीले थपे ।

3870
Shares

ट्रेन्डिङ