सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अग्रज पौभा कलाकार वज्राचार्यको सम्झना

अग्रज पौभा कलाकार वज्राचार्यको सम्झना

6375
Shares
अग्रज पौभा कलाकार वज्राचार्यको सम्झना

परम्परागत पौभाकलामा पाँच दशकदेखि निरन्तर क्रियाशील अग्रज कलाकार ज्ञानकर वज्राचार्यको स्मृतिमा ख्वप पौभा च्वमी पुचः र नेपाल कला परिषद्ले आइतबार संयुक्त रुपमा श्रद्धान्जलि सभा गरे ।
नेपाली परम्परागत पौभा कलामा साधनारत ६२ वर्षीय वज्राचार्यको यही फागुन १३ आफ्नै निवासमा निधन भएको थियो । सभामा ख्वप पौभा च्वमी पुचः भक्तपुरका सचिव पूर्ण ह्योजूले आफूहरुले एक असल अभिभावक गुुमाएको बताउँदै भने, “परम्परागत कलामा देवीदेवतासम्बन्धी चित्र बनाउने विशिष्ट ज्ञान वज्राचार्यमा रहेको र उहाँको निधनसँगै त्यो कला क्षेत्रकै लागि अपूरणीय क्षति पुगेको छ ।”
वज्राचार्यबाट हामीले धेरै कुरा सिक्न बाँकी नै रहेको पौभाका अग्रज कलाकार दीपक जोशीले बताउनुभयो । सभामा पौभा कलाकार मुक्तिसिंह थापा, परिषद्का महासचिव शङ्करनाथ रिमाल र सदस्य शान्तकुमार राई, वरिष्ठ कलाकार किरण मानन्धरले वज्राचार्यका बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा वज्राचार्यका बारेमा टङ्क उप्रेतीद्वमरा निर्देशित २० मिनेटको वृत्तचित्रसमेत देखाइएको थियो ।
भक्तपुरको बिहार तथा बहीमा बनाइएका चित्रबाट प्रभावित भएर उहाँ कला क्षेत्रमा लाग्नुभएको थियो । उहाँले माटाका मूर्ति समेत बनाउनुभएको थियो । उहाँले स्कुल पढ्दा माक्र्स, लेनिन, राजा महेन्द्र, पं नेहरु आदिका चित्र बनाउनुभएको थियो । स्व वज्राचार्यका एक छोरा र श्रीमती छन् । रासस

6375
Shares

ट्रेन्डिङ