• होमपेज
  • सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटालाई कार्यकक्षमै कुटपिट

सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटालाई कार्यकक्षमै कुटपिट

सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटालाई कार्यकक्षमै कुटपिट

नेपाली काँग्रेस सांसद बलबहादुर केसीका कार्यकर्ताले सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटालाई कार्यकक्षमै कुटपिट गरेका छन् । गत सोमबार दिउँसो साँढे ४ बजे जिविस पुगेका केसीका कार्यकताहरुले एक्कासि मुक्का प्रहार गरेका थिए । एलडियोलाई अन्धाधुन्ध आक्रमण गरेपछि उनलाई जोगाउन गएका लेखा अधिकृत युवराज राई माथि पनि तँ एलडिओ लाई जोगाउने भन्दै जाई लागेका थिए ।
के.सी.का पूर्णकालिन कार्यकर्ता तथा नेविसंघका पुर्व केन्द्रिय सदस्य नविन थापा, ने.बि संघका नेता दाबी गर्ने अश्विन थापा, जीवन बस्नेत र केही परियोजनाका कर्मचारीहरुले एलडिओ माथि सांघातिक आक्रमण गरेका
हुन् ।
‘म काम गरिरहेका थिएँ, अश्विन थापा लगायतका आएर एक्कासि मुक्का प्राहार गर्न थाले’ गालामा निलडाम देखाउँदै स्थानीय विकास अधिकारी सापकोटाले भने ।
आक्रमणमा संलग्नहरु र सांसद के.सी.ले  कमिशन  बार्गे्निङ गरेको र त्यो कुरामा आफू सहमत नभएकोले आक्रमण गरेको सापकोटा निकट स्रोतको दाबी छ । चन्दा र कमिसनको विषय लिएर  आक्रमणकारीहरु दिउँसो पनि जि.बि.स. पुगेका थिए ।
एलडिओ मात्रै नभएर लेखा अधिकृत र सह लेखापालमाथि पनि केसी कार्यकर्ता आक्रमणमा उत्रिएका थिए । ‘मैले एलडियो सापलाई जोगाउन उनीहरुलाइ समाउन गएँ उल्टै म माथि आक्रमणमा उत्रिए’ घाईते अवस्थामा रहेका लेखा अधिकृत राईले भने ।
केसीका कार्यकर्तासँगै एक महिना अगाडी सकिएको ड्रिलिप परियोजना इन्जिनियर पनि जागिर जोड्नु पर्यो भन्दै आक्रमणमा संलग्न भएका थिए ।
ड्रिलिप परियोजनाको काम सकिए संगै प्रोजेक्ट नै फेजआउट हुन लागेको बेला उक्त परियोजना अन्तर्गत सोलुखुम्बुमा जागिरे रहेका साँसद केसी निकटका कर्मचारीहरु अमुल बस्नेत, सब इन्जीनियर बेदराज थापा, कार्यलय सहयोगीहरु, असोक देवकोटा पनि जागीर जोगाउनु पर्ने भन्दै कर्मचारी माथि आक्रमण र तोडफोडमा उत्रिएका थिए ।
अत्याधिक मदिरा सेवन गरि एलडिओको कार्यकक्षमा प्रबेश गरेका उनीहरुले एलडिओ सापकोटा माथि एक्कासी हातपात गरेका थिए । कमिसन र चन्दा नदिएकै भरमा कर्मचारी कुटेका भन्दै जिल्लाभरका कर्मचारी ट्रेड युनिन आन्दोलनमा उत्रिएका छन् ।
‘घटनमा सम्लग्न सबैलाई नियन्त्रणमा लिएर कडा कार्बाही नगरेसम्म हामी सबै जिल्ला ठप्प पाछौँ’ नेपाल निजामति कर्मचारी संगठनकी अध्यक्ष भगवति गुरुङले भनिन् । घटनको विरोधमा नेपाली काँग्रेस निकटकै कर्मचारी संगठन पनि संघर्षमा उत्रिएको छ ।
‘कर्मचारी माथिको आक्रमण हामीलाई सैह्य छैन, हामी जस्तो सुकै आन्दोलन गर्न तयार छौँ, दोषिलाई गिरफ्तार गुर्न पर्यो’ नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष दिनेश राईले भने । कर्मचारीका सबै ट्रेड युनियनहरुले एलडिओ कुटपिटको विरोधमा आजदेखि जिल्लाका सबै सरकारी अड्डामा काम काज ठप्प पार्ने चेतावनी दिएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने घटनमा सम्लग्न ४ जना अभियुक्त पक्राउ गरिसकेको भन्दै बाँकी २ जना तुरुन्तै पक्राउ गर्ने बताए । ‘हामी अभियुक्तहरुलाई गिरफ्तार गरि मुद्दा चलाउने क्रममा छौँ’ प्रजिअ पाण्डेले भने, ‘अराजक गतिविधि गर्नेलाई राज्यले छुट दिँदैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका