सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • नारीहरुलाई नारी दिवसो शुभकामना

नारीहरुलाई नारी दिवसो शुभकामना

6460
Shares
नारीहरुलाई नारी दिवसो शुभकामना

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्रा्ष्ट्रिय सम्मेलनबाट माक्सवादी कलारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर माक्सवादी महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको माक्सवादीहरुको आन्दोलनको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।
क्लारा जेट्किनक्लारा जेट्किन
सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्रा्ष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्रा्ष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।
नारी दिवस नेपाल सन्र्दभमा
नयाँ नेपाल र जनताको संविधानको नाममा नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए । तर, आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ । नेपालमामहिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् ।
नेपालमा पनि नारीलाई विश्व समुदायले हेर्ने दृष्टिकोण परिवर्तन छ । नेपालमो राज्य संचालनको ओहादा राष्ट्रपति, उच्च न्यायालय र सभामुख पदमा महिलाहरुको बर्चश्व छ । जसले गर्दा नेपाल प्रति अन्तर्राष्ट्रियमा केही परिवर्तन त पाइन्छ । तर नेपालको भित्री अवस्था भने अझै कहाली लाग्दो नै छ ।
महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको वर्षौ वर्ष भए पनि अधिकार पाउन नसकेको अवस्थाकैबीच आइतबार विश्वकै महिलाहरु १०५ औं अन्तर्रा्ष्ट्रिय नारी दिवस मनाइरहेका छन् ।
तर पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन ।
समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औं शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् ।
पुरानो उखान छ, “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’’… अर्थात, “जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्” । तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ… सतिले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखौं सामाजिक संकिर्णताका सिकार महिलाहरूको आँशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।
महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ । आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आरोमा दुब्र्यवहार गर्ने कामहरु पनि भइ नै रहेका छन् । राजधानीमै किशोरीहरुमाथि तेजाव हाल्ने जस्ता जघन्य अपराधका घटना भएका छन् ।
विश्व परिपेक्ष्यको कुरा गर्दा आमा दिवस् या भ्यालेन्टाईन दिवसजस्ता विशेष दिवसहरुमा मानिसहरुले आफ्ना आमा या मायालुलाई ससम्मान स्नेह ब्यक्त गर्ने गर्दछन्, तर आज भने त्यस्ता सम्पूर्ण नारीमय दिवसहरुको समायोजन हो, आउनुहोस एकफेर संकल्प अनि संझना गरौ ति नारी पात्रहरुलाई जस्ले हाम्रो जिवनमा स्नेह अनि ममताको बर्षा गरेका छन्, ति सबैप्रति एकफेर कृतज्ञ बनौ अनि सदा सर्वदा उनिहरुलाई सम्मान गर्ने प्रतिवद्धता जाहेर गरौ ।
संसारभरिका मान्छेले वैजनी रगंको रिबन लगाएर पनि आज नारी शक्ति अनि समानताकोलागी एैक्यबद्धता जनाउँदछन् ।
यस पटकको नारी दिवस विभिन्न नारी केन्द्रित संघ-संस्थाहरु, सामाजिक अभियन्ताहरूले, “परिवर्तनकालागि खरो भएर उत्रिऔं अनि अझ समावेशी अनि लैङ्गीक समानता सहितको कार्य वातावरणकालागि“ भनेर पैरवी गरेका
छन् ।
शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरु गुञ्जियोस्, फेरि नारी समानता भनेको नारी र पुरुषहरु विचको टक्कर वा द्वन्द्व नभएर अगुवाई गरीरहेको सामाजिक संरचनाले तोकीदिएको महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमा अनि समानतामा ठूलो दूरी हो जसलाई चिर्न नवपुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।
एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौं, समानतालाई सहकार्यमा रुपान्तरण गरौं, देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरुपमा नेपाली समाजले नारीको अर्चना गर्दैआएकै हो, यो क्रम चाडबाडमा एउटा अनि व्यवहारमा एउटा बनेर चलिनरहोस् ।
नारीहरु आमा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्वपूर्ण कारण हो, सुन्दरता अनि समानता दुबैको समानान्तर लहरहरु बढ्दै जाउन, तमाम आमा, हजूरआमा, दिदि बहिनी समग्रमा नारीस्वरूपलाई धेरै शुभकामना। “नारी पुरुष सरोबरी, सँधै भरि बरोबरी“ एजेन्सीको सहयोगमा ।

6460
Shares

ट्रेन्डिङ