सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • महिला दिवसका अवसरमा पदयात्रा

महिला दिवसका अवसरमा पदयात्रा

2670
Shares
महिला दिवसका अवसरमा पदयात्रा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘परिवर्तनका लागि पदयात्रा’ नारासहित आज ललितपुरमा पदयात्रा गरियो । नेपाल वातावरण पत्रकार समूह (नेवापस), फ्रिडम फोरम, रेस्टलेस, एन्टेना फाउन्डेसन, सिविनलगायत सामाजिक सङ्घसंस्थाको पहलमा आयोजित सो पदयात्रामा मुख्यरुपमा पुरुषहरुको सहभागिता थियो ।
‘महिलाका लागि पुरुष’ लेखिएका प्लेकार्डसहित जाउलाखेलबाट सुरु भएको सो पदयात्रा मानभवन, कुमारीपाटी, लगनखेल हुँदै पाटन मङ्गलबजारमा पुगेर समापन भएको थियो ।
पुरुषसँगको सहकार्य र उनीहरुसँगको हातेमालो बिना महिला अधिकार प्राप्त हुन नसक्ने अनुभव गरी आजैदेखि ‘महिलाका लागि पुरुष’ अभियान सुरु गर्न लागिएको आयोजक संस्थाहरुले जनाएका छन् ।
समापन समारोहमा नेवापसका उपाध्यक्ष सुबोध गौतम, सिविनका माधव प्रधान, फ्रिडम फोरमका अध्यक्ष हरिबिनोद अधिकारी लगायतले महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा भए पनि व्यवहारमा नेपाली महिलाले अनेक समस्या र पीडाबाट गुज्रनु परेको चर्चा गर्दै चेतनामूलक अभियान सञ्चालनमा सरकार र सामाजिक सङ्घसंस्था निरन्तर क्रियाशील रहनु आवश्यक छ भन्नुभयो ।
महिला समानताका लागि महिलाका मात्रै आवाज र अभियान अपूर्ण रहेकाले महिला समानता र सामाजिक न्याय कायम गर्न आजैदेखि अभियान सञ्चालन गर्न लागिएको नेवापसका कार्यक्रम संयोजक दुर्गा कार्कीले जानकारी दिनुभयो । रासस

2670
Shares

ट्रेन्डिङ