सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कक्षा ११ को नतिजा पनि ग्रडिङमा

कक्षा ११ को नतिजा पनि ग्रडिङमा

3435
Shares
कक्षा ११ को नतिजा पनि ग्रडिङमा

शिक्षा मन्त्रालयले कक्षा १० लागु गरेको लेटर ग्रेडिङ पद्धति अब कक्षा ११ को नतिजामा पनि लागु गर्ने भएको छ । कक्षा ११ का नतिजालाई ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने लागेको हो ।
लेटर ग्रेडिङ पद्धतीमा नतिजा निकाल्न सैद्धान्तिक सहमति पाइसकेकाले कार्य्विधि बनाउने प्रक्रिया सुरु भएको र मन्त्रालयले यसका लागि आवश्यक कार्य्विधि बनाउने क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद बताए ।
आवश्यक कार्य्विधिका लागि पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालय, विभाग, राष्ट्रिय परीक्षा बोर्डलगायतका सदस्य राखेर कमिटी गठन गरिएको छ ।
अब हुने कक्षा ११ को रिजल्ट विद्याथीहरुले ग्रेडसिटमा पाउनेछन् । यो कक्षा १० को ढाँचामा हुन्छ ।
यसका लागि हामीले ‘टेक्निकल कुराको तयारी प्रक्रियामा छ, चैतभित्रै कार्य्विधि तयार पार्छौँ र राष्ट्रिय परीक्षा बोर्डमा बुझाउँछौँ ।’ कार्यकारी निर्देशक काप्रीले भने ।
कक्षा ११ पनि विद्यार्थीको पनि कक्षा १० को परीक्षामा जस्तै नौवटा ग्रेड राख्ने र गत वर्षको एसएलसीमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई गरी नौवटा ग्रेड हुनेछ ।
९० देखि एक सय अंक ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, २० देखि ४० भन्दा कम ल्याउनेलाई डी, १ देखि २० भन्दा कमलाई ई ग्रडिङमा हुनेछ ।

3435
Shares

ट्रेन्डिङ