• होमपेज
  • तीर्थयात्री चढेको मिनी ट्रक दुर्घटना हुँदा नौ घाइते

तीर्थयात्री चढेको मिनी ट्रक दुर्घटना हुँदा नौ घाइते

तीर्थयात्री चढेको मिनी ट्रक दुर्घटना हुँदा नौ घाइते

नुवाकोटको देउरालीमा तीर्थयात्री चढेको बा ४ ख ४०५७ नं को मिनी ट्रक दुर्घटना हँुदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।
धादिङको समेजोङमा फागुपूर्णिमा मेलामा सहभागी भएर घर फर्कदै गरेका तीर्थयात्री चढेको मिनीट्रक दुर्घटनामा परेको हो ।
गम्भीर घाइते भएका देउराली–२ का सुनिता तामाङ, सन्तोष तामाङ, देउराली–४ का छिरिङ तामाङ, देउराली–५ का अञ्जली तामाङ, बुङताङ–२ का सरिता तामाङ र सीता तामाङलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।
सामान्य घाइते तीन जनाको देउराली प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका