• होमपेज
  • होली विशेष सुरक्षा जाँचमा ६० जना पक्राउ

होली विशेष सुरक्षा जाँचमा ६० जना पक्राउ

होली विशेष सुरक्षा जाँचमा ६० जना पक्राउ

होली पर्वको अवसरमा चितवनमा कानुन विपरीत गतिविधि गर्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार चितवनका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरी अवाञ्छित गतिविधि गर्ने, सवारी नियम उल्लङ्घन गर्ने, नशालु पदार्थ खाने र मापसे गरेर सवारी चलाउने गरी ६० जनालाई कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ ।
होली पर्वलाई शान्तिपूर्ण बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवनको होली विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
आइतबार जिल्लाभर ३७८ जना प्रहरी परिचालन गरिएको, २७ स्थानमा चेक प्वाइन्ट र सात स्थानमा चेकिङ तथा आवश्यकताअनुसार सादा पोसाकमा समेत प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।
सो क्रममा सवारी नियम उलङ्घन गरी सवारी चलाउने ३९ जना, मापसे गरी मोटरसाइकल चलाउने ११ जना र बोलेरो चालक एक जना तथा नशालु पदार्थ सेवन गर्ने नौ जनालाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । आइतबार पहाडी क्षेत्रमा होली भए पनि चितवनमा धुमधामले होली मनाइएको छ । चितवनमा आज पनि होली मनाइन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका