सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

गच्छदार पनि सरकारमा जाने

2940
Shares
गच्छदार पनि सरकारमा जाने

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसीहरूको सबैभन्दा ठूलो पर्व फागुलगत्तै सरकारमा सहभागी हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि गच्छदारलाई सरकारमा ल्याउन गठबन्धन राजी भएको हो ।
मोर्चाको यो अल्टिमेटमपछि दाहाल नेतृत्वको गठबन्धन सरकारले आफ्नो स्थानसमेतलाई गम्भीरताका साथ विश्लेषण गर्दै गच्छदारलाई सरकारमा ल्याउन लागेको हो ।
प्रधानमन्त्री दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारबीच शनिबार बिहान भएको भेटमा गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वको दाबी गरेका थिए ।
तर प्रधानमन्त्री दाहालले सूचना तथा सञ्चार मन्त्रालय र अर्को सिँचाइ मन्त्रालय दिने प्रस्ताव राखेका थिए । कांग्रेस आफ्नो भागमा परेको सिँचाइ मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिन राजी भएको दाबी स्रोतको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

2940
Shares

ट्रेन्डिङ