होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०

सरकारी निवासबाट बाहिर

सरकारी निवासबाट बाहिर

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेयुन हेले राष्ट्रपतिको लागि सरकारी आवास ‘ब्लु हाउस’ आइतबार छोड्नुभएको छ ।
महाअभियो लगाउने संसद्को निर्णयलाई अदालतले सदर गरेको दुई दिनपछि पदच्युत हुनुभएकी राष्ट्रपति पार्क सरकारी निवास छोडी सोलस्थित आफ्नो निजी निवासमा फर्किनुभएको छ ।
अदालतको आदेशको विषयमा केही पनि प्रतिक्रिया नदिई उहाँ निजी निवास फर्किनु भएको बताइएको छ ।
दक्षिण कोरियाको संवैधानिक अदालतले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हेलाई गत शुक्रबार पदमुक्त गरिएको आदेश दिइएको थियो ।
राष्ट्रपति हेलाई पदमुक्त गर्ने फैसला उक्त अदालतको पूर्ण इजलासले सर्वसम्मत रूपमा गरेको थियो । कार्यबाहक प्रधानन्यायाधीश लि जुङमीको इजलासबाट सो फैसला आएको थियो ।
उहाँलाई यसअघि नै दक्षिण कोरियाली संसदले महाअभियोग पनि लगाएको थियो । शुक्रबार नै उक्त अदालतले पदमुक्तिको फैसला सुनाउँदा दक्षिण कोरियाका मुख्य सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।
दक्षिण कोरियाको राजनीतिक इतिहासमा अदालतको आदेशबाट पदमुक्त हुने उहाँ कोरियाको एक मात्र राष्ट्रपति हुनुहुन्छ । तर महाअभियोग लाग्ने राष्ट्रपतिहरूमा भने उहाँ दोस्रो हुनुहुन्छ ।
यसअघि सन् २००४ मा तत्कालीन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनको बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरूलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो ।
तर उहाँलाई पछि भने माफी दिइएको थियो । उहाँको कामबाट निर्वाचन कानुन उलङघन भएको भए पनि महाअभियोग नै लगाउनुपर्ने खालको नभएको फैसला भएको थियो ।
गत वर्षको डिसेम्बर– ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसद्मा छलफल भएको थियो । राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरूपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो ।
सन् २०१६ को डिसेम्बरमा कोरियाली संसद्ले पार्कविरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाई मत मार्फत प्रस्तावलाई पास गरेको थियो । रासस÷एएफपी

ट्रेन्डिङ