सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

3745
Shares
प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्दै हुनुहुन्छ । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।
चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वका राष्ट्र एवम् सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ ।
नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएका हुन् । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र स्रोतले बतायो ।
चीनमा रहँदामा प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङ, प्रधानमन्त्री ली खयाच्छी लगायत उच्चस्तरीय नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चीनले ल्याएको ओविआर परियोजनामा नेपालको प्रतिनिधित्व सुनिश्चित गराउन प्रधानमन्त्री चीन जान लागेको सुत्रहरुको भनाई छ ।

3745
Shares

ट्रेन्डिङ