सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भोजपुरमा स्थानीय तह आजदेखि कार्यान्वयनमा

भोजपुरमा स्थानीय तह आजदेखि कार्यान्वयनमा

3055
Shares
भोजपुरमा स्थानीय तह आजदेखि कार्यान्वयनमा

भोजपुर जिल्लामा स्थानीय तह आजैदेखि कार्यान्वयन हुने भएको छ । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ बारे सोमबार सर्वपक्षीय छलफलपछि आजदेखि स्थानीय तह कार्यन्वयनमा ल्याइने भएको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिनुभयो ।
सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर स्थानीय तह कार्यान्वयनमा ल्याए पनि भोजपुरमा आजदेखि काम थालिएको हो । भोजपुर जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका बनेका छन् भने जिविस जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ ।
नेपाल सरकारले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश, २०७३ को दफा १४ अनुसार नगरपालिका र गाउँपालिकामा निमित्त कार्यकारी पनि तोकिएको छ ।
भोजपुर नगरपालिकामा कृष्णबहादुर कार्की र षडानन्द नगरपालिकामा हर्षबहादुर थापा, साल्पा सिलिचुङ गाउँपालिकामा सागरमणि गौतम, अरुण गाउँपालिकामा लेखराज तिम्सिना, पौवादुङ्मा गाउँपालिकामा शालिकराम कोइराला, ट्याम्के गाउँपालिकामा सुरेशकुमार ढुङ्गेल, रामप्रसाद राई गाउँपालिकामा प्रेमकुमार शाक्य, हतुवागढीे गाउँपालिकामा गणेश प्रधान र आमचोक गाउँपालिकामा कृष्णबहादुर दाहाललाई निमित्त कार्यकारी तोकिएको हो ।
गाउँपालिका तथा तोकिएको केन्द्रमा आजैदेखि कार्यालय स्थापना गरी काम सुरु गर्नुपर्ने समेत स्थानीय विकास अधिकारी परियारले बताउनुभयो । रासस

3055
Shares

ट्रेन्डिङ