होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • फोन गर्न चारघन्टा पैदल हिँड्छन्, प्रहरी कर्मचारी

फोन गर्न चारघन्टा पैदल हिँड्छन्, प्रहरी कर्मचारी

फोन गर्न चारघन्टा पैदल हिँड्छन्, प्रहरी कर्मचारी

यहाँको ताम्ती गाविस टोप्लास्थित अस्थायी प्रहरी चौकीका प्रहरीलाई फोन सम्पर्कका लागि ३ घन्टा पैदल हिँड्नु पर्दछ । ताम्ती गाविसमा नेपाल टेलिकमको जिएसएम टावर नै छैन र सिडिएमए सहज पहुँचमा नहुँदा भनेको बेला फोन सम्पर्क नसकिएको स्थानीयवासी बताउँछन् ।
गाविसमा ठूला घटना पर्दा जिल्लामा सम्पर्क गर्ने सञ्चारको सहज माध्यम नहुँदा ४ घन्टाको पैदल बाटो हिँडेर कुडारी गाविसमा पुगेपछि फोन सम्पर्क गर्नु परेको अस्थायी प्रहरी ताम्तीका इन्चार्ज जीवराज योगीले जानकारी दिनुभयो ।
सानातिना घटना यहीँ समाधान भए पनि ठूला घटनाका लागि जिल्लामा सम्पर्क गर्नुपर्दछ, तर भनेको बेला माथिल्लो निकायमा कुनै पनि कुरा जानकारी गराउन पाइँदैन, ईञ्चार्ज योगीले दुःख पोख्नुभयो ।
प्रहरी हबल्दार वीरबहादुर शाहीले फोन, मोबाइल मात्र नभएर रेडियो, एफएम पनि सुन्न नपाइएको गुनासो गर्नुभयो । “रेडियो नेपाल सुन्नलाई अलि अग्लो ढिस्कोमा जानुपर्छ, तर पनि राम्रोसँग लाग्दैन,” हबल्दार शाहीले भन्नुभयो ।
स्काई फोन राम्रोसँग नलाग्दा नागरिकलाई सञ्चार गर्न गाह्रो भएको कालिका मावि ताम्ती टोप्लाका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिनुभयो । “न यहाँ स्काई टावर छ, न त नमस्ते टावर नै । धेरै पटक पहल गरियो, त्यसको राम्रोसँग सुनुवाइ हुन सकेको छैन,” प्रधानाध्यापक शाहीले भन्नुभयो । स्थानीय माया शाहीले भने सरकारले दुर्गमवासीलाई बेवास्ता गरेर हरेक कुरामा पछि पारेको आरोप लगाइन् ।
नेपाल टेलिकम जुम्लाका प्रमुख श्रीधर अधिकारीले नमस्ते टावर राख्नका लागि प्राविधिक टोली सर्भे गर्न ताम्ती पुगेको बताउनुभयो । ताम्तीबाट पटक पटक सञ्चारसम्बन्धी समस्याको गुनासो आएकाले पहिलो प्राथमिकता साथ नमस्ते टावर निर्माण गर्न थालिएको प्रमुख अधिकारीले जनाउनुभयो । उहाँका अनुसार स्काई सेवा सहज बनाउन क्षमता विस्तार गरिनेछ । रासस

ट्रेन्डिङ