सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पुरुष भलिबल प्रतियोगिता हुने

पुरुष भलिबल प्रतियोगिता हुने

2955
Shares
पुरुष भलिबल प्रतियोगिता हुने

लेखनाथ नगरपालिका– ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा यही चैत ३ गतेदेखि ५ गतेसम्म सो प्रतियोगिता हुने छ ।
जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जयप्रकाश थापाले जानकारी दिनुभयो ।
विजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजार ५५५ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताबाट करिब रु दुई लाख ५० हजार आम्दानी तथा रु दुई लाख २५ हजार खर्च हुने आयोजकले जनाएको छ । रासस

2955
Shares

ट्रेन्डिङ