• होमपेज
  • आजदेखि देशभर नै लोडसेडिङ हट्यो

आजदेखि देशभर नै लोडसेडिङ हट्यो

आजदेखि देशभर नै लोडसेडिङ हट्यो

नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ ।
विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज साँझदेखि औपचारिक रुपमा नै विद्युत्भार कटौतीको अन्त्य गरेको जनाएको छ ।
काठमाडौँ, कास्की, चितवन लगायतका जिल्लामा यसअघि नै पूर्णरुपमा विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले मुलुकभर नै त्यसलाई निरन्तरता दिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।
साँझको समयमा औद्योगिक क्षेत्रमा भने चार घन्टा विद्युत् कटौती गरिएको छ । मुलुकभित्रै रहेका ठूला तथा मझौला आयोजनालाई साँझको समयमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ ।
प्राधिकरणले हाल ९३० मेगावाट विद्युत् उपलब्ध गराइरहेको छ । कुल मागको दुई तिहाइ माग काठमाडौँ उपत्यकाभित्र रहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दा घरायसी प्रयोगका लागि विद्युत् उपलब्ध गराउन सहज भएको प्राधिकरणको बुझाइ छ ।
प्राधिकरणले बढी विद्युत् खपत गर्ने उपकरण साँझको समयमा नचलाउन उपभोक्तालाई आग्रह पनि गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका