सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • गोविन्द गौतम मारिदा कांग्रेस किन बोल्दैन ?

गोविन्द गौतम मारिदा कांग्रेस किन बोल्दैन ?

2880
Shares
गोविन्द गौतम मारिदा कांग्रेस किन बोल्दैन ?

कैलाली । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरका गाउँमै पसेर गाउँ लुट्यो, जबरजस्ती गर्यो, कुट्यो र गोविन्द गौतमलाई गोली हानेर मारेर गयो । न सरकारले आपत्ति प्रकट गर्यो, न नेपाली कांग्रेसले नै केही बोल्यो ।
कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिमका बडे नेता हुन्, उनले त गोविन्द गौतमको हत्याको विरोधमा बोल्नुपथ्र्यो, उनलाई राष्ट्रिय सहिद घोषणा गरिदा कैलालीमा उपस्थिति जनाउनु पथ्र्यो ।
मेजर पाटी कांगेसको क्रियाकलाप कमजोर र दयनीय भयो कि भएन ? खुला सिमाना, सिमानामा ज्यादति हुँदा, सीमा अतिक्रमण गर्दा नबोल्ने सरकार नागरिक मारिदा पनि बोलेन । जब भारतीय दूतावासले एसएसवीले गोली होनेको होइन भन्यो, तव सरकारले चिन्ता व्यक्त गर्यो ।
तैपनि प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गर्ने आँट गरेनन् । विदेशमन्त्रीसम्मलाई जाहेरी दिएर नेपालले लत्तो छाडेको दुर्दसा देखियो ।
सीमा र नागरिकको पक्षमा कांग्रेसले बोलेको भए यो अर्थपूर्ण र प्रभावकारी हुनसक्थ्यो । कांग्रेसले समेत आफ्नो राष्ट्रिय दायित्व निभाउन सकेन भन्ने कार्यकर्ताहरुले नै गुनासो गरेको सुनियो ।
स्मरणीय छ, कञ्चनपुरका ४ कांग्रेसले जितेको क्षेत्र पनि हो । निर्वाचित सांसद दिवानसिंह विष्टले समेत मुख खोलेनन् । कस्तो आश्चर्य ?

2880
Shares

ट्रेन्डिङ