सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोरियन र नेपालीले संयुक्त रुपमा मनाए लोसार

कोरियन र नेपालीले संयुक्त रुपमा मनाए लोसार

4295
Shares
कोरियन र नेपालीले संयुक्त रुपमा मनाए लोसार

सेर साङबो शेर्पा । सौल कोरिया
सौल नेपाल गुम्बा को संयोजकत्वमा बिभिन्न संघ संस्था द्वारा संयुक्त रुपमा कोरियामा आयोजित नेपालीहरुको मौलिक पर्व लोसार विशेष सांस्कृतिक कार्यक्रम गरी भब्य अनि सभ्य रुपमा सफलता पूर्वक सम्पन्न भएको छ । लोसार विशेष सांस्कृतिका औपचारिक कार्यक्रमको सभापतित्व गुम्बाको प्रमुख लामा कुंन्सङले गर्नु भएको थियो ।
प्रमुख अथितिमा ईन्टरनेशनल धर्म इंस्ट्रक्टर अस्सोसियशन अफ जोगये अड़रका पार्क होन्ग वू थिए भने विशेष अथितिमा आदिवाशी जनजाति महासंघ हुनुहुन्थो । अथितिमा बिभिन्न जातीय, क्षेत्रीय, संघ संस्था तथा कोरियन र नेपाली अनलाइन मिडियाकर्मीहरु रहेका थिए ।
 
कार्यक्रमको उत्घाटन सभापति र प्रमुख अथितिले संयुक्त रुपमा दियो बाली उद्घाटन गर्नु भयो । कार्यक्रम उद्घाटन पश्चात प्रमुख अथिति पार्क होन्ग वूले नेपाल बुद्ध जन्मेको देश र हिमालय भएकोले आफुलाई नेपाल राम्रो लाग्ने अझ नेपालको बिभिन्न सांस्कृतिकले आफुलाई नेपाल नेपाली समुदाय प्रति आकर्षित गरेको बताउदै पार्क होन्ग वूले लोशारको शुभ कामना दिनु भयो ।
कार्यक्रममा उपस्थित प्राय सबै संघ संस्थाका प्रमुखहरुले क्रमश आफ्नो मन्तब्य राख्ने क्रममा जसरी वर्तमान नेपालमा लोसारको अगाडी जात झुण्डयर एक वर्षमा फेर्ने लोसारलाई यसरी जातै पीछे लोशार भनी मनाउँदा जनमासमा नकारात्मक अशर पर्नुको साथै र लोसार प्रेमी बिच पनी यो जात र त्यों जातको भनि फाटो ल्याउने कार्य भईरहेको बताउनु भयो ।
त्यसैले लोसार नेपाली राष्ट्रिय पर्व रहेकोले सबै नेपालीहरु मिलेर मनाउनु पर्ने बताउनु भयो यसरी साथै प्रवासी भूमिमै भए पनि संयुक्त रुपमा आफ्नो मौलिक पर्वको जगेर्ना गर्न कार्यक्रम संयुक्त रुपममा कार्यक्रम योजना गर्नु भएकोमा खुलेर प्रशंसा गर्नुको साथै आगामी दिनहरुमा यसरी संयुक्त रूपमा लोसार मनाउने कार्यलाई थप प्रभापकारी ढंगले सबै मिलेर अगाडी बढ्नु पर्छ भन्दै उन्नति र प्रगति होस भन्दै शुभ कामना दिनु भयो ।
कार्यक्रमको मुख्य उदेश्य भनेको हामी नेपाली विश्वको जून सुकै मुलुकमा रहेपनी आफ्नो भाषा, धर्म, संस्कार, सांस्कृतिकको संरक्षण तथा प्रवर्दन गर्नुपर्छ भन्ने मूल नाराका साथ सम्पूर्ण नेपालीहरुलाई एक जूट गराई ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजन गरी शुभ कामना आदान प्रदान गर्नुको साथै अपासी सद्भाव बढाउनु रहेको बताउनु भयो । सौल नेपाल गुम्बाद्वारा विश्व शान्तिको पुजा समेत आयोजना गरेको थियो ।

4295
Shares

ट्रेन्डिङ