सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एसइई परीक्षाको शिक्षामन्त्रीद्वारा अनुगमन

एसइई परीक्षाको शिक्षामन्त्रीद्वारा अनुगमन

2800
Shares
एसइई परीक्षाको शिक्षामन्त्रीद्वारा अनुगमन

चैत ३ गतेदेखि सुरु भएको एसइई परीक्षा सञ्चालन भएका भक्तपुरका विद्यालयमा आज शिक्षामन्त्री धनीराम पौडेलले अनुगमन गर्नुभएको छ ।
एसएलसीको रुपान्तरित प्रणाली माध्यमिक शिक्षा परीक्षा (एसइई) को भक्तपुरका विद्यालयमा अनुगमन गर्दै मन्त्री पौडेलले विद्यार्थीमा नयाँ परीक्षा प्रणालीले थप उर्जा थपेको बताउनुभयो ।
उहाँले सबै स्थानमा शान्त वातावरणमा मर्यादित ढङ्गबाट परीक्षा सञ्चालन भइरहेको आफूले पाएको जानकारी दिँदै नयाँ शिक्षा प्रणालीका कारण केही विद्यार्थी र उनीहरुका अभिभावक अन्योलता देखिएका छन भन्नुभयो ।
भक्तपुरको बागेश्वरी उमाविमा हात खुट्टा नचल्ने पूर्ण अशक्त वर्ष २२ का आकार थापा सहयोगीमार्फत परीक्षामा सहभागी भएको मन्त्री पौडेलले अवलोकन गर्नुभएको थियो । त्यस्तै आदर्श मावि सानोठिमीमा ६३ वर्षीय मिठू खनाल परीक्षामा सहभागी हुनुभएको छ । रासस

2800
Shares

ट्रेन्डिङ