सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देशभक्तिको गीतमा यादव रिजाल

देशभक्तिको गीतमा यादव रिजाल

4385
Shares
देशभक्तिको गीतमा यादव रिजाल

काठमाडौं, ८ चैत । नेपाल र नेपालीको मायामा रमेर बाँच्ने गीतका गायक हुन यादव रिजाल । खोटाङ जिल्लाको डुम्रेधारापानी– २ मा जन्मेका उनी सानै उमेरबाट गीतसंगीतमा हेलिएका कलाकार हुन् । घरदेखी तल देखिने दुधकोशीको छालसँगै मनहरु छल्काउँदै छल्काउँदै मनका भावहरु बाँसुरीको धुनमा गुन्जाउने उनी पेशाले गायक बन्न भने नसकेको बताउँछन् । ‘म रहरले बनेको गायक’ उनले सुनाए ।
गाउँभन्दा पर पारीगाउँका पात्रहरु जस्ले आधारातमा पनि रमितेढुंगामा चढेर बाँसुरी बजाउन बाध्य बनाउथे उनीहरुलाई सम्झदै भन्छन् ‘ति अतित् कता विलायो होला । सबै छरपस्ट भइसके छन् । अब त थोरै थोरै यादहरुमात्र रहेछ मसँग ।’
धुन मिडया प्रालिका संचालक यादवले संगीतको कखरामा तीनै पात्रहरुलाई मनको कुना कुनामा राखेका छन् । अहिले आएको गीत संगीतको बाढी भित्र उनको विचार पृथक छ । उनले मलिन स्वरमा भने, ‘भोर्लेनीमा गाई बाख्रा चराउँदा बजाएको जोर बाँसुरीको जस्तो धुन छैन संगीतमा ।
धारापानीको भिरमा घाँस काट्न जाँदा गाएको गीतको शब्द जस्तो छैन अहिलेको गीत । के क्षेत्री ? के बाहुन ? के राई ? के मगर ? के सार्की ? त्यो बेला सँगै गाएको, खाएको र खेलेको जस्तो छैन समाज’ उनी चिन्ता प्रकट गर्छन ।
त्यसबेलाको भाइचारको सम्बन्ध विस्तारै विस्तारै तोडिदै गएकामा चिन्तित उनले भर्खरै तराईमा भएको अप्रिय र अकल्पनीय घटनाहरु यीनै उपमाकारुपमा हेरेका छन् । उनले यस्तै विषयमा समेत गीत गाए । कुनै बेला रेडियो नेपालको स्वरपरिक्षा पास गरेका उनै गायकले स्वदेश गानहरुमा राम्रै स्वर दिएका थिए ।
पछिल्लो समयमा पनि हार्मोनियमा गुनगुनाइरहने यीनै गायकको नया स्वदेश गान बजारमा आएको छ । अरु भन्दा फरक बाटोमा हिँडन चाहेका गायक यादवले आफ्नै शब्द, संगीत र स्वरमा ‘भाई भाई नगरौं झगडा’ बोलको गीत उनले बजारमा ल्याएका हुन् ।
उनले भाइ ‘फुटे गवाँर लुटे’ भन्ने उखानलाई चरितार्थ हुन नदिन भाई भाई झगडा नगर्न आग्रह गरेका छन् । हामी भन्दा फरक रहेका दोस्रो दुनियाँले हाम्रो लडाईको फाइदा लुट्न सक्ने खतरा बढीरहेको बेला सकरात्मक सन्देश दिनकै लागी नया गीत ल्याएको उनले बताएका छन् ।
चाँडै अर्को गीत ल्याउने तयारीमा रहेका यादबले, ‘देश रहे पो हामी देश नरहे के को हामी’ भन्दै चिन्ता व्यक्त गरेका छन् । उसो त उनको यस अघिपनि स्वदेश गानहरु आइसकेका छन् ।
 

4385
Shares

ट्रेन्डिङ