सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • युनियनको कब्जामा नेपाली बैंकहरु ?

युनियनको कब्जामा नेपाली बैंकहरु ?

4190
Shares
युनियनको कब्जामा नेपाली बैंकहरु ?

२७ वटा वाणिज्य बैंकहरु मध्ये अधिकाशं बैंकहरुमा कर्मचारी यूनियनको जन्म भएको छ । नेपाली जनताको पैसामा तलब भत्ता लिने बैंकका कर्मचारीहरुले आफ्नो सुविधा बढाउन र व्यवस्थापनलाई दवाब दिन यूनियन गठन गरेपनि कतिपय बैंकमा युनियनकै कारण दर्जनौं घटना घटेका छन् ।
नेपाल बंगलादेश बैंकमा यूनियनका अध्यक्षकै जागिर गयो ‘घुसकाण्डमा’ । यस्तै प्राइम बैंकमा यूनियनको आन्दोनले जनताले आफ्नो पैसा निकाल्न पाएनन यी त पात्र मात्रै हुन ।
यूनियन कै कारण केही बैंकमा सुधार पनि भएका घटना हाम्रा सामु छन् । हिमालयन बैंकमा यूनियन कै कारण चर्को विवाद अन्त्य भयो । व्यवस्थापन र बोर्ड बीचको द्धन्द्ध थियो । यूनियनकै कारण अन्त्य भएको स्रोतको दावी छ ।
समाचार स्रोत भन्दछः– बैंकमा सिइओ परिवर्तनसँगै कर्मचारीहरुको चर्को सरुवा बढुवा हुने, अवकास कोष स्थापना गरि (स्किम) ल्याएर हटाउने काम हुने र आफ्ना मान्छे भर्ना गर्ने होडवाजी नै बैंकहरुमा चल्ने गरेको छ । यसको बिरुद्ध युनियन लाग्नु जायज होला तर नविल बैंकमा कर्मचारी आन्दोलन लामो समय भयो ।
प्राइम बैंकमा पनि यस्तै भयो ३५ प्रतिशत तलब भत्ता बढाउने सर्तमा आन्दोलन रोकियो त्यसकारण अहिले बैंकहरु युनियको कब्जामा छन् भन्दा फरक पर्दैन ।
अर्को कुरा के छ भने सरकारी बैंकहरुमा त कर्मचारी आन्दोलनले कारोबार ठप्प नै हुने गरेको छ । राष्ट्रिय वाषिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकमा बेला बखत केन्द्रिय कार्यालयमा माग र आन्दोलनका पर्चा पम्पेल्टले भरि भराउ देखिन्छ हेरौ कुन कुन बैंकमा युनियनले कब्जा गरेको छ । कुन कुन बैंकमा युनियनको जन्म समेत भएको छैनः
सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये डेढ दर्जन बैंकहरुमा कर्मचारी युनियन गठन भएका छन् । केही बैंक भने कर्मचारी युनियन गठनको प्रक्रियामा रहेका छन् । खासगरी वित्तीय क्षेत्रको पारदर्शीतालाई कायम गर्न भन्दै बैंक तथा वित्तीय संस्थाहरुमा पनि राजनीतिक ट्रेड युनियनहरु गठन भएका छन् ।
‘वित्तीय क्षेत्रमा अपारदर्शिता र जवाफहिनतको क्रम बढेको छ’, नेपाल राष्ट्र बैंकका माओवादी केन्द्र निकट कर्मचारी संगठनका महाचिव राजेन्द्र रिमाल भन्छन्– ‘त्यसैले पनि यस्ता संस्थामा कर्मचारी युनियनहरुको आवश्यकता परेको हो ।’ उनका अनुसार बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरु भने युनियनको विरुद्धमा हुने गर्दछन् ।
गत केही समय अघि कानुनी प्रक्रिया अनुसार यूनियन गठन गर्न खोज्दा माछापुछ्रे बैंक व्यवस्थापनले ४६ जनालाई सरुवा गरेको थियो । कर्मचारीको नैसर्गिक अधिकारलाई बैंकले दबाउन खोजेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर बैंकको काम छाडेर आन्दोलन गरेका थिए । अन्ततः बैंक व्यवस्थापन कर्मचारी युनियन गठन गर्न सहमत भएपछि बैंकिङ कारोबार संचालनमा आयो ।
त्यस्तै कृषि विकास बैंकमा पनि एकताका कर्मचारी आन्दोलन चर्किएको थियो । तर उक्त बैंकमा आन्दोलन चर्किनुको कारण भने माछापुच्छ्रे बैंकभन्दा फरक थियो । त्यहाँको युनियनले भने सेवा तथा सुविधा सहितका विभिन्न माग राखेर गत भदौमा आन्दोलन चर्काएका थिए । पछि व्यवस्थापनले सेवा सुविधामा केही बृद्धि गरेपछि त्यो आन्दोलन रोकियो ।
त्यसो त त्यस्तै आन्दोलन नेपाल राष्ट्र बैंकमै पनि नेकपा एमाले निकट कर्मचारी युनियनले सेवा सुविधा बढाउनुपर्ने र संस्थागत सुधारको माग राख्दै गरेको धेरै दिन वितेको छैन । सेवा सुविधा र कर्मचारीका हकहीतका लागि मात्रै नभएर बैंकका कर्मचारी युनियनहरुले बैंक व्यवस्थापनमा दवाव दिने कार्यमा पनि भूमिका खेल्ने गरेको देखिन्छ ।
कतीपय बैंकहरुमा भने युनियनले बैंकभित्रको अपारदर्शीलाई पनि बाहिर ल्याउने गरेका छन् । हिमालयन बैंकमा तत्कालीन समयमा भएको अनियमितता पनि त्यहाँ भित्र रहेको कर्मचारी युनियनकै कारण बाहिर आएको थियो । हिमालयन बैंकका तत्कालीन कार्ड सेक्सन प्रमुख अनिलभक्त सुवाल डंगोलले गरेको अनियमितता कर्मचारीले नै पर्दाफास गरेका थिए ।
त्यस्तै नेपाल बंगलादेश बैंकमा एनबी समूहले गरेको घोटाला प्रकरण पनि कर्मचारी युनियनकै कारण बाहिर आएको थियो । हाल नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायतमा पनि ट्रेड युनियनहरु निकै सक्रिय छन् ।
विशेषतः कर्मचारी हकहितको लागि भन्दै कर्मचारी युनियनहरु गठन भएका हुन् । तर राजनीतिक रुपमा बढी सक्रिय हुँदा यूनियनहरुले पछिल्लो समयमा बैंक व्यबस्थापन पक्षलाई नै आफ्नो हातमा लिन खोज्ने गरेका छन् ।
तथापी, बैंक तथा वित्तीय क्षेत्रलाई पारदर्शी बनाउन युनियनको भूमिका आवश्यक पर्ने कर्मचारीहरुको भनाई छ । कृषि विकास बैंकका माओवादी निकट कर्मचारी युनियनका अध्यक्ष प्रेमप्रसाद खनाल कर्मचारी युनियन गठन गर्न पाउनु कर्मचारीको अधिकार भएको बताउँछन् । उनी भन्छन् – ‘ट्रेड युनियन गठन गर्न पाउनुपर्छ । यो कर्मचारीको आवश्यकता मात्रै नभएर अधिकार पनि हो ।’
आर्थिक पारदर्शीता र कर्मचारीहरुको हकहीतको लागि कर्मचारी युनियन आवश्यक भएको भन्ने कर्मचारीहरुको भनाईप्रति बैंकर्स संघका अध्यक्षसमेत रहेका मेगा बैंकका सीईओ अनिल केशरी शाह समर्थन गर्दै भन्छन्, ‘कर्मचारी युनियन आवश्यकता हो तर मर्या्दित र लोकतान्त्रिक ढंगबाट चल्नुपर्छ ।’ ट्रेड युनियनको अन्तर्रा्ष्ट्रिय मान्यतानुसार पनि संविधानले नै कर्मचारीहरुलाई संगठन बनाउन पाउने अधिकार दिएको छ ।
अहिलेसम्म ठूला बैंकहरुमध्ये १८ बैंकमा युनियन गठन भईसकेका छन् । युनियन गठन भएका बैंकहरु निम्नानुसारका छन् ।
कर्मचारी युनियन भएका बैंकहरु
१. राष्ट्रिय वाणिज्य बैंक
२. कृषि विकास बैंक
३. नेपाल बैंक
४. माछापुच्छ्रे बैंक
५. नबिल बैंक
६. हिमालयन बैंक
७. प्रभु बैंक
८. एनसीसी बैंक
९. बैंक अफ काठमाण्डू लुम्बिनी
१०. नेपाल बंगलादेश बैंक
११. एभरेष्ट बैंक
१२. सिद्धार्थ बैंक
१३. एनआईसी एसिया बैंक
१४. नेपाल एसबिआई बैंक
१५. मेगा बैंक
१६. लक्ष्मी बैंक
१७. सिभिल बैंक
१८. प्राइम कमर्शियल बैंक
अधिकांशमा युनियन गठन भइसकेपनि अझै १० वटा बैंकहरुमा युनियन गठन भएका छैनन् । युनियन गठन नभएका बैंकहरु निम्नानुसारका छन् ।
१. सनराइज बैंक
२. एनएमबी बैंक
३. सेन्चुरी बैंक
४. ग्लोबल आईएमई बैंक
५. सिटिजन्स इन्टनेशनल बैंक
६. नेपाल इन्भेष्टमेन्ट बैंक
७. स्ट्यान्डर्ड चाटर्ड बैंक
८. जनता बैंक
९. सानीमा बैंक
१०. कुमारी बैंक
पछिल्लो समय अन्य बाँकी यी बैंकमा पनि युनियन गठनको प्रक्रियाले तीव्रता पाएको बताइएको छ । वित्तीय क्षेत्रमा युनियन गठन नहुँदा सञ्चालक तथा व्यवस्थापनको एकाधिकार हुने र गठन हुँदा यूनियनको दवदवा बढ्ने गरेको छ । निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरुमा पनि युनियन हाबी हुँदा संचालकसमितिलाई काम गर्न कठिनाई हुने गरेको केही बैंकका संचालकहरु बताउँछन् ।
युनियन गठनको प्रक्रिया सुरु गर्ने व्यक्तिहरुलाई सुरुमा सञ्चालकहरुले विभिन्न प्रलोभन दिएर फकाउने हुँदा अझै पनि धेरै संस्थाहरुमा युनियन गठन हुन सकेको छैन । बैंकका सञ्चालकहरु भने पारदर्शी रुपले चल्ने संस्थामा युनियनको खाँचो नहुने बताउँदै आएका छन् । एनएमबी बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल भन्छन्– ‘बैंकको संचालक समिति र व्यवस्थापन राम्रो हुने हो भने युनियनको आवश्यकता छैन । राजतिलक साप्ताहिक

4190
Shares

ट्रेन्डिङ