सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • संविधानको धारा २७४ खारेजीको माग

संविधानको धारा २७४ खारेजीको माग

2970
Shares
संविधानको धारा २७४ खारेजीको माग

इश्वर काफ्ले
मधेसी मोर्चाको नयाँ माग छ धारा २७४ संशोधन गरेर खारेज गरौं । यो धारा भनेको भौगोलिक एकता विभाजन सम्बन्धी छ । यो धारा खारेज भएमा पहाड र मधेस अलग पार्न सजिलो हुनेछ । जसरी पनि मधेसका जिल्लाहरु मिलाएर एक वा दुई प्रदेश बनाउने मधेसी मोर्चाको अभियान थाकेको छैन ।
कहिले रिसाएर, कहिले खुसाएर वार्ता भइरहेको छ र मधेसी मोर्चा सिमांकन सहित संविधान संशोधन गरेर निर्वाचन जाउँ भन्ने माग गरिरहेका छन् र यसमा सत्ताधारीहरु वार्तापछि वार्ता गरिरहेका छन् ।
मधेसी मोर्चा र सत्ताधारीहरुवीच ३ पटक वार्ता हुँदा संविधानको धारा२७४ संशोधन गरौं भन्ने प्रस्ताव उठेको छ । सत्ताधारीले सिमांकनलाई थाँती राखेर चुनावमा जान मधेसी मोर्चा र संघीय गठबन्धनलाई अनुरोध गरिरहेका छन् तर यथास्थितिमा चुनावमा नजाने र अर्थ नहुने अडान छ उनीहरुको ।
मधेसी मोर्चाले वार्तामा चुनावमा जाँदै नजाने र चुनाव विथोल्ने धम्की दिए पनि मधेसमा भित्रभित्रै मेयर, गाउँपालिका अध्यक्षहरु कसलाई बनाउने भन्ने होमवर्कमा भने जुटेका छन् । यद्यपि सतहमा चुनावी माहोल पटक्कै देखिदैन । चुनाव घोषणा भएको यतिका दिनसम्म पनि देशका कुनै भागमा चुनावी राजनीतिक क्रियाकलाप नदेखिनुले चुनाव हुन्छ र भन्ने संशय भने बढेर गएको छ ।
संघीय गठबन्धन सहितको मधेसी मोर्चाले संविधानको धारा २७४ को उपधारा ४, ५, ६ र ७ खारेज गर्नुस्, खारेज भएमा सीमांकन थाती राखेर चुनावमा जाने वातावरण बन्नसक्छ भनेपछि चुनावमा जानका लागि थप समस्या सिर्जना भएको छ ।
मधेसी मोर्चाले यसरी हेपेर राष्ट्रियता टुक्य्राउन खोजेका छन् कि पहाड र मधेस सँगै हुनैहुन्न भन्ने जिरह गरिरहेका छन् । यसको अर्थ पहिलो फेजमा मधेस अलग गर्ने, दोश्रो फेजमा आत्मनिर्णयको अधिकार लिने र तेश्रो फेजमा मधेस अलग गराउने साजिस हुनसक्छ । अन्यथा मधेसलाई अलग गराउनै पर्ने किन ? सत्ताधारी दलहरुले आफ्नो स्वार्थअनुकूल मधेसी मोर्चालाई बनाउन खोज्दा मधेसीहरुको हौसला बढेर गएको छ ।
नेपालमा राष्ट्रिय नीति अनिवार्य आवश्यक भएको छ । राष्ट्रिय नीतिमा सबै दलहरुले सहमति जनाउनै पर्छ । त्यसो भएमा त्यो नीतिविरुद्ध कसैले बोल्ने छैनन्, बोलेमा तीमाथि कारवाही हुनसक्ने र तिनको दल खारेज हुनसक्ने स्थिति आउनेछ ।
अहिले जसले जे बोले पनि हुने भएकाले मधेसी मोर्चाले पहाड र मधेस अलग गराउन खोजेका छन् । नेपाल एक थियो, छ र रहनेछ भन्ने विषयमा सर्वसम्मति नभएसम्म राजनीति यसैगरी स्वार्थमा बोलिरहनेछ र नेपालको दशा र दिशामा भ्वाङ परिरहनेछ । नेपाल टुक्रा पार्ने षडयन्त्र पनि भइरहने छ । यस्ता षडयन्त्रहरु चिर्न अवेर गर्नु हुन्न ।
हो, नेपालका कुनै पनि भूभागले अधिकार पाउनुपर्छ ।
जनता सबै समान हुनुपर्छ । समान हुनुपर्छ भन्नेले देशको एकताको हित पनि चिताउनु पर्छ भन्ने कुरा कसैले बिर्सनुहुन्न । यसमा ठूला दलहरुको विशेष दायित्व छ, त्यो दायित्व ठूला दलले सोच्ने कहिले ?

2970
Shares

ट्रेन्डिङ