होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०

सेयर बजारमा सर्किट ब्रेक

सेयर बजारमा सर्किट ब्रेक

सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ ।
उच्च वृद्धि भएपछि सेयर बजार बुलिस टे«न्डमा अगाडि बढेको जनाइएको छ । लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन्दुमा पुगेको हो । बजार बढेर एक हजार ६१० बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार बैंकिङ समूह ७५.०९, होटल ७१.०९, विकास बैंक ८२.९७, जलविद्युत् १०६.५१, फाइनान्स ३८.९४, बिमा ५०३.११ र अन्य समूह १०.१२ प्रतिशतले बढ्दा उत्पादन समूहको भने कुनै पनि सेयर कारोबार भएन । रासस

ट्रेन्डिङ