सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मण्डेलाका सहयात्री कथ्राडाको निधन

मण्डेलाका सहयात्री कथ्राडाको निधन

3175
Shares
मण्डेलाका सहयात्री कथ्राडाको निधन

दक्षिण अफ्रिकामा स्वेतहरुले गरेको शासनका विरुद्ध अस्वेतले गरेको सङ्घर्षका अगुवा अहमद कथ्राडाको मङ्गलबार विहान निधन भएको छ । दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मण्डेलाका सबै भन्दा नजिकका सहयात्री कथ्राडाको ८७ वर्षको उमेरमा निधन भएको हो ।
कथ्राडा मण्डेलासँग सन् १९६४ मा आन्दोलन र जेलमा संगसगै पर्नुभएको थियो । उहाँहरुले नेतृत्व गरेको आन्दोलनले संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो । उहाँले २६ वर्ष तीन महिना कारागारका विताउनुभएको थियो ।
मस्तीष्कको शल्यक्रिया भएको केहीदिनमै जोहानसबर्ग स्थीत अस्पतालमा उहाँको मृत्यु भएको हो ।
अस्वेत विरुद्ध गरिने भेदभाव विरुद्धको आन्दोलन सकिएपछि उहाँ सन् १९९४ देखि सन् १९९९ सम्म संसद् सदस्य बन्नुभएको थियो ।
उहाँको निधन भएकोमा अफ्रिकामा गहिरो दुःख व्यक्त गरिएको छ । अहमद कथ्राडा फाउन्डेसनका प्रमुख निशान बाल्टोनले शोक वक्तव्य प्रकाशित गर्दै उहाँको निधनले मुलुकलाई ठुलो क्षती पुगेको बताउनुभएको छ ।
“उहाँले संसारका विभिन्न ठाउँमा रहेका लाखौँ व्यक्तीलाई प्रेरित गर्नुभएको थियो,” वक्तव्यमा भनिएको छ ।
स्वेतहरुले गरेको शासनका विरुद्ध अस्वेतहरुले गरेको संघर्षमा उहाँ १७ वर्षको उमेर देखिनै सक्रिय हुनुभएको थियो ।
उहाँलाई भद्र, निःश्वार्थी, त्यागी, सहयोगी र उदार व्यक्तिको रुपमा धेरै जानाले चिन्दथ्ये । उहाँले जलेमा रहेकै बेला अध्ययन गरेर चार ओटा विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको थियो । रासस÷एएफपी

3175
Shares

ट्रेन्डिङ