• होमपेज
  • सर्वोच्चद्वारा फाइल मगाउने आदेश

सर्वोच्चद्वारा फाइल मगाउने आदेश

सर्वोच्चद्वारा फाइल मगाउने आदेश

उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा वरिष्ठतालाई ध्यान नदिएको भन्ने एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नियुक्तिका फाइल मगाउने आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दाका निर्णयका फाइलहरु मगाउने आदेश जारी गरेको हो ।
न्याय परिषद्लाई विपक्षी बनाई मङ्गलबार नायब महान्यायाधिवक्ता दुर्गावन्धु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइमा सो आदेश जारी भएको हो ।
रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख छ ।
गत पुस २८ गते न्याय परिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो । जिल्ला न्यायाधीशबाट ३७, नेपाल बार एसोसिएसनबाट २७ तथा सहसचिव र विशिष्ट श्रेणीका १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) नियुक्त भएका थिए तर त्यसमा सरकारी वकिलका तर्फबाट एकजनाको मात्रै प्रतिनिधित्व भएको थियो ।
सरकारी वकिलका तर्फबाट एकजना मात्रै न्यायाधीशमा प्रतिनिधित्व गराइएकामा सरकारी वकिलहरुले यसअघि पनि विरोध जनाएका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका